Shittalpati
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।

अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ ।  यस योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ ।

न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकाले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाएका महानुभावहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले बेला बेललामा ग्राहकहरुका लागि आकर्षण योजनाहरु ल्याउने गरेको छ ।  उसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रमहरु समेत सञ्चालन  गर्दै आएको छ । बैंकले ग्लोबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा साक्षरता कार्यक्रम गर्दै आएको छ ।  कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूले भाग लिएका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना  ३५४ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने गरी अगाडि बढेको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखा रहित बैंकि· सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १ सय भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update