Shittalpati
नबिलको उद्यमशील कर्जा योजना

पाल्पा,नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।

बैंकले स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रुपैयाँसम्मको कर्जा सुविधा ल्याएको छ । बैंकले न्यूनतम १५ लाख रुपैयाँदेखि १० करोड रूपैयाँसम्मका सुविधा र विभिन्न चरणमा विभाजन गरी कर्जाको सीमा समेत तोकेको छ । उसले कृषि, हस्तकला तथा साना उद्यमी गर्ने प्रवासी नेपालीलाई १५ लाख रुपैयाँको कर्जा समेत प्रदान गर्नेछ । बैंकले लगानी थप गरी उद्योग बिस्तार गर्न चाहनेलाई १५ लाखदेखि १ करोडसम्म कर्जा दिने योजना ल्याएको हो । वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहज बनाउन बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना अभियान चलाएको जनाएको छ ।

विदेशमा गएका नेपाली श्रमिकहरूले नविल बैंकको कर्जा योजनाले औपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्र्याउन प्रोत्सान गर्ने छ । औपचारिक रुपमा रेमिट्यान्स आउँदा आर्थिक रूपमा देशको अर्थतन्त्रमा टेवा पुग्नेगरी योजना ल्याइएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update