चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा
शुक्रबार, मंसिर ८, २०८०
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
बिहीबार, मंसिर ७, २०८०
पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८० मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गते तानसेनमा सचेतना कार्यक्रम गर्दै सुरु गरिएको १२ औं कर दिवस विहीबार समापन गरिएको हो ।
भूकम्प पीडितलाई रिब्दीकोट गाउँपालिकाले दिने भयो १ लाख ६६ हजार
बिहीबार, मंसिर ७, २०८०
जाजरकोट र पश्चिम रुकुम जिल्लाका भूकम्प पिडितहरुको लागि रिब्दीकोट गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार
मंगलबार, मंसिर ५, २०८०
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् ।
भूकम्पपीडितको लागि एक अर्ब ४१ करोड निकासा
सोमबार, मंसिर ४, २०८०
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ ।
२३ पालिकाले बुझाएनन् बजेट विवरण
आइतबार, मंसिर ३, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
तिहारलाई झिनिया
शनिबार, कात्तिक २५, २०८०
यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
बुधबार, कात्तिक २२, २०८०
आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
शनिबार, कात्तिक १८, २०८०
तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु
शनिबार, कात्तिक १८, २०८०
अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ ।
काँग्रेसले भूकम्प प्रभावितलाई ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
शनिबार, कात्तिक १८, २०८०
नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
शनिबार, कात्तिक १८, २०८०
सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
बिहीबार, कात्तिक १६, २०८०
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।


