Shittalpati
सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गरौं ः  अध्यक्ष ढकाल

पाल्पा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी अभियानमा सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्नु पर्ने बताएका छन्  । शुक्रबार रामपुरमा रहेको अन्धकारमुक्ती बचत तथा ऋण सहकारी सस्थाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सुशासन र सुदृढीकरणलाई आत्मसाथ गर्न सहकारी संचालकहरुलाई आग्रह गरेका हुन् ।

सहकारी माफर्त सामाजिक सेवा गर्ने हो भने सुशासन, पारदर्शी र सुदृढीकरण जस्ता कुरालाई ध्यान दिन आवश्यक रहेको उनले औल्याए । अध्यक्ष ढकालले भने, ‘सहकारी भित्र सुदृढीकरण र सुसासनको प्रत्याभुती दिन आवश्यक छ, यस्तो भएन भने सहकारी अभियानमा नलाग्दा हुन्छ ।’ उनले बचत कर्तालाई सम्मान गर्न पनि आग्रह गरे । अध्यक्ष ढकालले सहकारी संचालकलाई भने, ‘रकम सुरक्षित गर्न नसकिए बचत नबढाउनुहोस् ।’ अनियमिता गरेर सहकारीलाई बदनाम नगर्न पनि उनले आग्रह गरे । कहि कतै अनियमिता भए नेफ्स्कुन मौन नबस्ने समेत अध्यक्ष ढकालले बताए ।

समस्याको पहिचान गरेर मात्र काम गर्न आवश्यकको उनले आग्रह गरे । सहकारी अभियानमा रहेका समस्याप्रती आफुहरु चनाखो बनेको अध्यक्ष ढकालले बताए । उनले भने, ‘सहकारीमा सिर्जित समस्या देखिएका छन्, त्यसमा सरकारले बेवास्ता गरेको छ ।, राज्यलाई सहकारीले कर तिरेको तर सहकारीलाई कुनै पनि सहयोग नगरेको उनले धारणा राखे ।’ सहकारीलाई  पछिल्लो समय बदनाम गर्न खोजिएको पनि उनले बताए । सहकारीमा समस्या भए सुचना दिने काम गर्न सबै संचालक समितिलाई उनले आग्रह गरे । अध्यक्ष ढकालले भने, ‘केही सहकारीका कारण सबै सहकारी बदनाम गर्नु राम्रो हैन, कहि कतै समस्या भए त्यसलाई सुधारमा ध्यान दिनु पर्छ । तर  हामी एक अर्कोले दोषीलाई उम्काउन लागि परेका छौ यो राम्रो होइन ।’

कार्यक्रममा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक रामप्रसाद काफ्ले, सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटा लगायतले आ–आफना धारणा राखे । सहकारीका अध्यक्ष देवकोटाको अध्यक्षता, उपाध्यक्ष खगेन्द्र न्यौपानेको स्वागत, सचिव ओमप्रकास बस्यालको संचालनमा वर्तमान सहकारीमा देखिएका समस्या, चुनौती र व्यवस्थापन विषयक प्रशिक्षण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update