Shittalpati
मुक्तिनाथ सहकारीको दशौं साधारण सभा

पाल्पा, मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाले १० औं वार्षिक साधारण सभा  गरेको छ । साधारणसभाको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै अध्यक्ष भट्टराईले सहकारी भनेकै एक आपसमा सहकार्य गरेर काम गर्ने एक जनमैत्री अभियान भएको बताए । मुक्तिनाथ कृषि सहकारीले आगामी दिनमा कृषि क्षेत्रलाई प्रमुख विषयवस्तु बनाएर काम गर्नुपर्नेमा जोड दिए । सभामा संस्थाका अध्यक्ष देव पचभैयाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको रकमलाई कुनै पनि तरिकाबाट जोखिम नहुने गरी संस्थाले काम गर्दै आएको बताए । कार्यसमिती, ऋण समितिले निकै संवेदनशिल लगानी गर्दै आएको अध्यक्ष पचभैयाले जोड दिए । संस्थाका सचिव शंकर भण्डारीले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/८० मा ८ करोड २५ लाखको कारोवार भएकोमा ४ लाख ६८ हजार खुद मुनाफा भएको बताए । सचिव भण्डारीले आगामी दिनमा सहकारीले गर्नुपर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ३ करोड १९ लाख बचत, ९९ लाख ८६ हजार शेयर पुँजी, ४ करोड ९९ लाख कर्जा लगानी रहेको साधारण सभामा जानकारी दिए । लेखा सुपरिवेक्षण समितिका संयोजक फर्सुराम सापकोटाले कार्य समितिले गरेका काम, ऋण उप समितिले गरेका लगानी, निित नियम हालको सहकारीको अवस्था बारे चर्चा गरेका थिए । 

कार्यक्रममा सल्लाहकारहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी र भिमसेन कार्कीले पैसाको कारोवार गर्दा निकै संवेदनशिल, जिम्मेवार भई काम गर्न कार्यसमिति तथा ऋण उपसमितिलाई अनुरोध गरे । संस्थामा कुनै एउटा व्यक्ति वा पात्रको कारण सिंगो संस्था बदनाम हुने, डुब्ने, जस्ता खतरा भएकाले निति नियम कानुन, सहकारीको मुल्य मान्यतामा अक्षरस पालना गर्दै कारोवार गर्न सल्लाहकारहरुले सुझाव दिए । साधारण सभा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाको अध्यक्षता, उपाध्यक्ष विनोद पंन्थीको स्वागत, सचिव शंकर भण्डारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update