Shittalpati
यामाहाको नयाँ मोडेल बजारमा

पाल्पा, नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले यामाहाको नयाँ मोडेलको स्कुटर रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड नेपाली बजारमा ल्याएको छ । कम्पनीले ‘मेट कपर’ र ‘स्पार्कल ग्रिन’ रङहरूमा ‘मोटरसाइकल–स्कुटर’ इभोलुसनको अवधारणासँग मेल खाने नयाँ मोडेल बजारमा ल्याएको हो ।

यसको बडीमा थपिएको स्टाइलिस मेटल प्लेट, ब्रस गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउने कम्पनीले जानकारी दिएको छ । रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा सञ्चालित छ । जसले दक्षता र रोमाञ्चक सवारीको लागि नयाँ मानक स्थापना गर्दछ । यसको ग्राउन्ड ब्रेकिङ, स्वचालित स्टप र स्टार्ट प्रणालीले अरूभन्दा फरक बनाउनुका साथै  इन्जिन निष्क्रिय हुनबाट जोगाउने कम्पनीले जनाएको छ । यसले इन्धनको उत्सर्जन घटाउने तथा दक्षतालाई बढाउने कम्पनीको भनाइ छ । यसमा उत्कृष्ट एलइडी हेडलाइट, प्रभावशाली एलइडी पोजिसन लाइटहरू र डिजिटल इन्स्टुमेन्ट क्लस्टर समावेश रहेको जनाइएको छ । यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिङ र सुधारिएको माइलेज सुनिश्चित गर्ने कमपनीको दाबी छ ।

एकल थ्रोटल ट्विस्टको साथ निर्वाध रूपमा रि–स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्यांकन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदूषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ । नयाँपनमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको र यसले  बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर बिनानै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update