Shittalpati
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य

पाल्पा, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारी सिओटि कोट अफ द टेवलको लागि योग्य हुन सफल भएकी छन् । विगत १ वर्षदेखी ईन्स्योरेन्स क्षेत्रमा लागेकी तिवारी आफ्नो नीजि व्यवसाय सँगै बिमा क्षेत्रमा आवद्ध रही अन्र्तराष्ट्रिय एजेन्सी संस्था एमडिआरटि (MDRT) २०२४ को पहिलो एमडिआरटि (MDRT) हुँदै हाल सिओटि २०२४ को लागि योग्य हुन सफल भएकी हुन् । एमडिआरटि (MDRT) भनेको मिलियन डलरको राउन्ड टेबल हो ।

यो १९२७ मा विश्वव्यापी रूपमा मान्यता प्राप्त, विश्वको सबैभन्दा धेरै बिक्री हुने बीमा एजेन्टहरू र वित्तीय सेवा पेशेवरहरूको स्ट्यान्डअलोन संघको रूपमा स्थापना भएसंगै थप कोर्ट अफ द टेबल (सीओटी) एमडिआरटि (MDRT) सदस्यतालाई जीवन बीमा र वित्तीय सेवा व्यवसायमा बिक्री उत्कृष्टताको सुनौलो मानकको रूपमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त छ । यो केवल विश्वको सबैभन्दा सफल वित्तीय सेवा प्रदायक एजेन्सीलाई  दिइन्छ जसले क्लबको उत्कृष्ट र चुनौतिपूर्ण योग्यताहरू पूरा गर्दछ ।

नेपाल जस्तो हालको अवस्थामा एक एजेन्सीले असाधारण व्यावसायिक ज्ञान प्रदर्शन गर्ने, कडा नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवा गर्दै गर्दा मात्र यो उपाधीको लागी योग्य हुन सक्दछ । तिवारीले समय सीमा भन्दा १५ दिन अगाडी नै आफ्नो व्यक्तिगत कोडमा प्रथम बिमा शुल्क रू १ करोड २८ लाख बराबर पुरा गरी सिओटिको लागी योग्य हुँन सफल भएको यसै रिलायबल लाईफका शाखा प्रमुख सुबास गैरेले जानकारी दिए । २०२४ का लागि रिलायबल लाईफ कम्पनिमा सिओटि योग्य हुने तिवारी रिलायबल लाईफमा पहिलो अभिकर्ता हुन् र उनको इमान्दारीता र लगनशीलताको प्रतिफल तिवारीले प्राप्त गरेको उच्चसम्मान गर्दै यस नमुना योग्य कार्यले सबै अभिकर्ता एमडिआरटि (MDRT) साथै कर्मचारीहरूलाई थप उत्साह मिलेको प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update