ग्लोबल आइएमई बैंकको सेवामा अर्को चमत्कार
शुक्रबार, भदौ २२, २०८०
नक्कली विज्ञापनको भर पर्दा रु ३४ लाख डुब्यो
मंगलबार, भदौ १९, २०८०
देशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
नबिल बैंकलाई अवार्ड
शनिबार, भदौ १६, २०८०
नबिल बैंकले कम्बोडियाको सीम रीपमा आयोजित टक्स एसिया २०२३ मा ‘एम्बिसन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।
‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयनमा आयो
बुधबार, भदौ १३, २०८०
नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।
दश निर्माण कम्पनीको सम्झौता रद्द
बुधबार, भदौ १३, २०८०
निर्माण व्यवसायीले १० वर्ष हुँदासम्म योजनाका काम पूर्णरुपमा सम्पन्न नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय पाल्पाले सम्झौता तोडी, धरौटी जफत गर्दै कालो सुचीमा राख्ने काममा जुटेको छ । निर्माण व्यवसायीलाई कार्यालयले पटक–पटक ताकेता गर्ने, लिखित, मौखिक, इमेल तथा रजिष्ट्रि पत्र पठाएर काममा ताकेता गरेपनि समयमा काम सम्पन्न नगर्ने, निर्माण व्यवसायी...
न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग
मंगलबार, भदौ १२, २०८०
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ । जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरे ।
चालु पुँजी कर्जाको सीमा बढ्यो
सोमबार, भदौ ११, २०८०
नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।
स्याङ्जाको छुर्पी अमेरिका निर्यात
सोमबार, भदौ ११, २०८०
स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध संकलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएको समेत बताए ।
आइपिओ जारी गर्दै भिजन लुम्बिनी
सोमबार, भदौ ११, २०८०
सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धधक भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्न लागेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको लागि यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्न लागेको हो ।
आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी
आइतबार, भदौ १०, २०८०
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् ।
आज १० अर्बको विकास ऋणपत्र जारी हुँदै
आइतबार, भदौ १०, २०८०
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्न लागेको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । ऋणपत्रका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
एमसिसी सम्झौता भदौ १३ गतेदेखि लागू गर्ने निर्णय
मंगलबार, भदौ ५, २०८०
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।


