Shittalpati
तानसेन सहकारीको १५ औं साधारण सभा 

पाल्पा,  तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी तानसेनमा साधारण सभा गरेको हो । 

सभाको पाल्पा क्षेत्र नंं. २ का संघीय सांसद ठाकुर गैरेले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै सांसद गैरेले कृषि र उद्योगलाई जनताको जिविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । गैरेले भने ‘सहकारी एक आपसको सहकार्यबाट सञ्चालन हुने भएकाले कृषिमुखी, उद्योगमुखी तथा रोजगारमुखी अभियान सञ्चालन गरी जनताको आयआर्जन तथा जिविकोपार्जनसँग सहकारीहरु जोडिनुपर्छ ।’ समय परिस्थिती अनुसार सहकारीले गर्दै आएका कारोबारहरु परिवर्तन गरी कृषि, उद्योग तथा रोजगारमुखी अभियानमा जोडिन उनले सहकारीलाई आग्रह गरे । 

अहिले गाउँ शहर जताततै केही पक्षले निरासै निराशाका कुरा गरेर जनतालाई अल्मलाई रहेको अवस्थामा सहकारीहरुले आशा जगाउने खालका गतिविधिहरु सञ्चालन गरी अर्थतन्त्रलाई चलायमान बनाउन पहल गर्नु अहिलेको आवश्यकता रहेको  सांसद गैरेले  औल्याए । तानसेन सहकारीले सबै शेयर सदस्यहरुलाई बराबर हैसियत दिएको र सबैको लगानी बराबर भएकाले सहकारीको सिद्धान्त अनुरुप सञ्चालन हुँदै आएकोमा खुसी व्यक्त गरे । 

कार्यक्रममा बार्षि प्रतिवेदन पेश गर्दै संहकारीका अध्यक्ष भोजराज पोखरेल( रामजी) ले आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरे । संस्थाले गत आर्थिक बर्षमा ८ करोड ३० लाख ४१ हजार ७ सय २७  बराबरको कुल कारोबार गरेको छ । उसले १२ करोड ६१ ला १४ हजार १ सय ३३ ऋण लगानी, २ करोड ६४ लाख ७९ हजार १४ ऋण अशुली गरेको छ । संस्थाले १४ लाख ९७ हजार ४ सय १८ खुद नाफा, जगेडा कोषमा ४४ लाख ११ हजार १ सय ७६, अन्य कोषमा ८९ लाख ६७ हजार ५८ र कुल आम्दानी १ करोड ६६ लाख ९४ हजार ९ सय ९० गरेको विवरण बार्षिक प्रतिवेदन मार्फत अध्यक्ष पोखरेलले सार्वजनिक गरे । संस्थाले आगामी दिनमा कार्यक्षेत्र विस्तार गर्ने, सदस्यता बृद्धिको लागि एक जनाले २० जना सदस्यसम्म सिफारिस गर्नेलाई बार्षिक रुपमा सम्मान गर्ने, पाल्पामा सम्भावित घरेलु उद्योग सञ्चालन गर्ने, दैनिक बचत कार्य अगाडि बढाउने गरी कार्ययोजना ल्याएको अध्यक्ष पोखरेलले बताए ।

कार्यक्रममा कोषाध्यक्ष दिपक विश्वकर्माले गत बर्ष शेयर पुँजी १ करोड ९ लाख ९० हजार रहेकोमा चालु आर्थिक बर्षमा १ करोड २० लाख पु¥याउने लक्ष्य लिएको बताए । संस्थाले विना धितो शेयर सदस्यहरुलाई ५० हजार, धितो राखी १ लाख देखी ३० लाखसम्म कर्जा प्रवाह गर्दै आएको कोषाध्यक्ष विश्वकर्माले बताए । कार्यक्रममा लेखा समिति संयोजक गुराँश आत्रेयले कम्प्युटर तथा डिजिटल प्रविधिबाट कारोबार गर्नुपर्ने, सबै समिति तथा उपसमितिहरुलाई पूर्ण रुपमा क्रियाशिल बनाउनु पर्ने, ऋण लगानीमा विमा कार्यक्रम लागु गर्नुपर्ने, ऋण अशुलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन सर्बसम्मत रुपमा पारित भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, संस्थाका प्रमुख सल्लाहकार भेषराज सुवेदी, सल्लाहकार धनेन्द्रराज घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष भुपती पाण्डे, तानसेन नगरपालिका सहकारी प्रमुख विष्णु प्रसाद पौडेल, शेयर सदस्य मोहन थापा र लक्ष्मी ढुङ्गाना लगायतले शुभकामना दिदै सहकारीले गरेका गतिविधी बारे चर्चा गरेका थिए । सभामा शेयर सदस्यबाट संघीय सांसदमा ठाकुर प्रसाद गैरे, प्रदेश सासदमा खेम बहादुर सारु निर्वाचित भएकोमा सम्मान समेत गरिएको थियो । संस्थाले प्रमुख सल्लाहकार भेषराज सुवेदी, उत्कृष्ट बचतकर्ता विनु कुमारी पुन र चुरा बहादुर गोदारलाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष भोजराज पोखरेल( रामजी) को अध्यक्षता, उपाध्यक्ष शान्ति बस्याल पाण्डेको स्वागत, सचिव धनिश्वर बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update