Shittalpati
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण
उनाएचौरमा पुरातत्व शैलीको मन्दिर निर्माण मन्दिरको एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् । मन्दिरको उद्घाटन गर्दै नगरप्रमुख भुसालले नगर भित्र उत्कृष्ट पर्यटकीय गनतव्य बनाउने उद्देश्यले आकर्षक मन्दिर निर्माण गरिएको बताए । उनाएचौरमा अरु धेरै पर्यटकीय संरचना बनाइने नगरप्रमुख भुसालको भनाई छ ।
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित
माथागढी गाउँपालिकाद्वारा पत्रकार र कर्मचारी सम्मानित माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । पालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र पालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित
देववाणीको अभिभावक भेला,चार सदस्य निर्वाचित पाल्पा, वैशाख ८÷तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया
गुल्मीमा मानव अधिकार रक्षकहरुको अवस्था र सुरक्षामा राज्यको दायित्व विषयमा अन्तरक्रिया गुल्मी जिल्लामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्वको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया भएको छ । बुधबार जिल्लाको सदरमुकाम तम्घासमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया भएको जिल्ला प्रतिनिधि टोपलाल अर्याल जानकारी दिए ।
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु
गुल्मीमा कोरोना संक्रमण बढेपछि ‘तपाईंको मास्क खोई ?’अभियान सुरु जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र गुल्मीले ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर तथा नयाँ भेरियन्टको संक्रमण गुल्मीमा पनि देखिएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन
जोखिम बढेपछि सजग भएर कारोबार गर्न राष्ट्र बैंकको निर्देशन कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सजग भएर कारोबार गर्न निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको हो । बैंकले सोमबार ९ बुँदे सूचना जारी गर्दै सेवाग्राहीको भिडभाड नहुँने र भौतिक...
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं
श्रीनगरडाँडाको संरक्षणमा सबै जुटौं पहाडकी रानी डार्जिलिङ्ग भनेर चिनिने पाल्पाको ऐतिहासीक शहर तानसेन, जहाँ हिमालको काखमा रहेको श्रीनगर डाँडाले थप शुन्दरता दिएको छ । डाँडामा पुग्ने जो कोही प्रकृतीसँग लुकामारी खेल्ने, हिमाल हेर्ने, रमाउने, फोटो खिच्ने गर्दा जो कोही झट्टै श्रीनगर डाँडाबाट फर्कन मान्दैन वन भोज खानेको ओइरो नै हुन्छ । श्रीनगरडाँडा कुनै बेला...
पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी
पाल्पामा शिक्षक परीक्षामा भएको धाँधली विरुद्ध अख्तियारमा उजुरी पाल्पामा शिक्षकका लागि लिइएको परीक्षामा धाँधली भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जिल्लाको बगनासकाली गाउँपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालयमा खुला विज्ञापनमार्फत लिइएको शिक्षकको परीक्षामा धाँधली भएको एक महिना वितिसक्दा समेत सम्बन्धित निकायले छानविनमा चासो नदेखाएपछि त्यसका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलमा उजुरी परेको हो ।
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित
साझा नेटर्वक मिडियाद्वारा पत्रकार सम्मानित साझा नेटवर्क मिडिया प्रालिले क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को अवसरमा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमका अवसरमा प्रालिले गुल्मीका ६ जना क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।
रामपुरमा पनि जनगणना कार्यालय खोलियो
रामपुरमा पनि जनगणना कार्यालय खोलियो राष्ट्रिय जनगणना २०७८ को लागि पाल्पाको रामपुरमा पनि कार्यालय खोलिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पाको रामपुरमा पनि कार्यालय स्थापना भई काम सुरु भएको हो ।
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त
प्यूठान दुर्घटनामा मृत्यु भएकाहरु प्रति शोक व्यक्त गत बुधबार प्यूठानको स्वर्गद्वारी रुमालेमा भएको दुर्घटनामा मृत्युभएका राष्ट्रसेवक कर्मचारीप्रति शोक व्यक्त गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन (संघ) गुल्मीले शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको हो । नयाँ वर्ष मनाउन गएका जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको जीप दुर्घटना हुँदा...
Weather Update