.jpg)
पाल्पा, तानसेनमा रहेको देववाणी संस्कृत साधारण मा.वि.को अभिभावक भेला भएको छ । विद्यालयको शैक्षिक विकास, भौतिक संरचना, विद्यार्थीको गुणस्तरीय पठन–पाठनका लागि छलफल र नयाँ सदस्य चयन गर्नका लागि अभिभावक भेला बसेको हो ।
भेलाले विद्यालय व्यवस्थापन समितिका लागि चार सदस्य निर्विरोध निर्वाचित गरेको छ । यस अघि रहेको व्यवस्थापन समितिको कार्यकाल सकिएपछि भेलाले चार सदस्य निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित सदस्यहरूमा उमा अर्याल, बिन्दु थापा, प्रेम शाही र नेत्र गैरे रहेका छन् । यि निर्वाचित चार सदस्यहरुले पुनः भेला गराई नयाँ समितिलाई पूर्णता दिने छन् ।
भेलामा अभिभावकले सुरुका दिनमा सरकारी बिद्यालयमा आफ्ना छोराछोरी पढाउन नचाहनेले पनि अहिले पढाएकोमा गर्व लागेको बताएका छन् । भेलामा निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले अहिलेसम्म बिद्यालयकोस्तर उन्नति ,विद्यालयको प्रगति र गतिविधिका बारेमा जानकारी गराएका थिए । । विद्यालयका प्राध्यापक कृष्णबहादुर थापाले विद्यार्थी र विद्यालयलाई उत्कृष्ट बनाउन अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए । उनले आफ्ना बालबालिकाको निगरानी राख्न अभिभावकहरुलाई आग्रह गरे । भेलामा अभिभावक सरिता पोखरेल,उमा अर्याल र शिक्षक सेषनारायण चालिसे,शिक्षक बिमला शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।