Shittalpati
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै
दसैँ प्रारम्भः घर–घरमा जमरा राखिदै प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर–घरमा जमरा राखिदै वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी
पाल्पामा अबैध काठ ओसार–पसारको अभियोगमा थप दुई जनालाई पक्राउ पुर्जी अवैध रुपमा सालको काठ ओसार –पसार गरेको अभियोगमा जिल्ला वन कार्यालयले थप दुई जनालाई पक्राउ पुर्जी जारी गरेको छ । डिभिजन वन कार्यालयले सवारी धनी धन बहादुर घर्ती र काठ धनी राम प्रसाद सुनार (अशोक विश्वकर्मा) लाई पक्राउ पुर्जी जारी गरेको हो ।
गाँजा खान नपाएपछि साथीको हत्या
गाँजा खान नपाएपछि साथीको हत्या बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा
पाल्पामा अबैध काठ सहित चालक नियन्त्रणमा जिल्लामा अवैध काठ सहित चालकलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयले रम्भा गाउँपालिका ५ स्थित सेर्काबास हेक्लाङ कच्ची सडक खण्डमा हेक्लाङबाट सेर्काबास तर्फ आउदै गरेको लु ३ त ३२७० नं.को ट्याक्टरलाईबाट अबैध सालको काठ सहित सवारी चालकलाई नियन्त्रणमा लिएको हो ।
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह
त्रिविद्वारा शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट सामाधान खोज्न आग्रह गरेको छ । त्रिविले सूचना जारी गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र
चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीद्वारा सवारी चेकजाँच तिव्र चाडपर्व नजिकिएसँगै गुल्मी प्रहरीले सवारी चेकजाँच कार्यलाई तिव्र पारेको छ । जिल्लामा सवारी चेकजाँचलाई तिव्र बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पाल्पामा फरार अभियुक्त पक्राउ
पाल्पामा फरार अभियुक्त पक्राउ जिल्लामा चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले फरार सूचिमा रहेका रैनादेवी छहरा–८, का २२ वर्षीय जीवन रायमाझीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीद्वारा  मन्दिर सरसफाई
सशस्त्र प्रहरीद्वारा मन्दिर सरसफाई विजयादशमीको पूर्वसंन्ध्यामा शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाको आयोजनामा तानपा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य भएको छ ।
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी
सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको मानवश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित
दोभान खोलामा पक्की पुल बनेपछि स्थानीय उत्साहित जिल्लाको तिनाउ गाउँपालिका स्थित दोभान खोलामा पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित भएका छन् । खोलामा पुल नहुँदा आवत–जावतमा समस्या परेका यस क्षेत्रका स्थानीयहरु पूल निर्माण भएसँगै उत्साहित भएका हुन् ।
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया
जनप्रतिनिधि, दलित अगुवा र सरोकारवाला बिच अन्तरक्रिया गुल्मीमा दलित जनप्रतिनिधि, दलित अगुवा र सरोकारवालबीच अन्तक्र्रिया गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दलित महिला संघको आयोजनामा ‘समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद’ भन्ने नाराका साथ अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।
Weather Update