Shittalpati
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल
लायन्स क्लव अफ पाल्पा भैरवको गठन, अध्यक्षमा बस्याल जिल्लामा क्रियाशिल युवाहरुको सक्रियतामा लायन्स क्लव अफ पाल्पा भैरवको गठन गरिएको छ । लायन्स क्लव अफ बुटवल सेन्ट्रोलको सौजन्यमा क्लवको गठन गरिएको हो ।
तीस वर्षमै विद्यावारिधि
तीस वर्षमै विद्यावारिधि हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।
आफ्नै समस्या लेख्दैनन् पत्रकार
आफ्नै समस्या लेख्दैनन् पत्रकार भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन । कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन । त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र सञ्चार क्षेत्र पनि हो ।
आज विश्व शौचालय दिवस मनाइदै
आज विश्व शौचालय दिवस मनाइदै विश्व शौचालय दिवस आज मनाइदै छ । विभिन्न सरकारी र गैर–सरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागेका हुन् । यस वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो भने भव्य कार्यक्रमहरु नहुने जनाइएको छ ।
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्‍याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह
तिहारमा देउसी,भैँलो र जुवातास नखेल्न पाल्पा प्रशासनको आग्रह यो वर्ष तिहारमा देउसी,भैलो खेल्न नपाइने भएको छ । कोभिड—१९ संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाले संक्रमणको जोखिम कायमै रहेकाले देउसी, भैलो नखेल्न सबैमा आग्रह गरेको छ ।
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान
गरगहना लुट्ने बाह्र वर्ष जेल चलान बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार...
यस वर्षको भाइटीकाको उत्तम साइत ११ः३७ बजे
यस वर्षको भाइटीकाको उत्तम साइत ११ः३७ बजे यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको हो ।
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन
पाल्पामा बलात्कार विरुद्ध प्रदर्शन देशभर बालिका तथा किशोरी बलात्कारका घटनाहरु बढेपछि पाल्पामा पनि यसको विरुद्ध प्रदर्शन गरिएको छ । पाल्पाका युवतीहरुले कालो पहिरन लगाएर विभिन्न नाराहरु लेखिएको प्लेकार्ड प्रस्तुत गर्दै विरोध जनाएका छन् ।
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै
चर्चरे, सराई –आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्दै चर्चरे, सराई–आर्यभञ्ज्याङ जोड्ने सडकको तिनाउ खोलामा पक्की पुल बन्न लागेको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको चार करोड बढी लगानीमा पक्की पुल बन्न लागेको हो ।
Weather Update