Shittalpati
सकियो सोह्र श्राद्ध


पाल्पा, यस वर्षको सोह्र श्राद्ध सकिएको छ । पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिने सोह्र श्राद्ध बुधबारदेखि सकिएको हो ।
सोह्र श्राद्ध हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म रहन्छ ।

सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) को श्राद्ध भने भोलि गरिने छ । यस वर्ष असोज ५ गतेदेखि शुरु भएको पितृ पक्ष विधिवत् समापन गरिएको छ । सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि हिन्दुहरुको महान पर्व बडादशैं सुरु हुँदैछ । आज घरघरमा घटस्थापना गरी जमरा राखेपछि दशैं सुरु हुन्छ । बिहीबार घटस्थापना गरेसँगै दुर्गा पक्ष शुरु हुने छ । दुर्गा पक्ष नै नेपाली महान् चाडका रुपमा मनाउने बडादशैँको समय हो ।

 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update