पाल्पाको पूर्वखोलामा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु
शनिबार, फागुन ८, २०७७
प्रजातन्त्र दिवसदेखि विसं २०७८ पात्रो बजारमा
शनिबार, फागुन ८, २०७७
प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् ।
‘छोरीलाई दाइजो होइन, शिक्षा दिनुहोस्’
शनिबार, फागुन ८, २०७७
जिल्लाको माथागढी गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले छोरीलाई दाइजो नभई शिक्षा दिनुपर्ने बताएकी छन् । किसान मावि र किसान बहुमुखी क्याम्पस माथागढी ४ झडेवाको वार्षिकत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष भट्टराईले दाइजोका कारण समाजमा हत्या हिंसा बढ्दै गएकाले छोरीलाई दाइजो नदिई शिक्षा दिन अभिभावकहरुलाई आग्रह गरेकी हुन् ।
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ
शुक्रबार, फागुन ७, २०७७
पाल्पामा जबरजस्ती करनीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । रैनादेवी छहराका ६५ वर्षीय मोहनीलाल खड्काले २३ वर्षीया युवतीलाई जबरजस्ती करनीको गरेको आरोपमा ति व्यक्ति पक्राउ परेका हुन् ।
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा
शुक्रबार, फागुन ७, २०७७
समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती...
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
शुक्रबार, फागुन ७, २०७७
जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
शुक्रबार, फागुन ७, २०७७
आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
प्रताप शमशेरको सम्झनामा पाल्पा दरबार संग्रहालयमा शालिक
बुधबार, फागुन ५, २०७७
पाल्पा दरवार संग्रहालय परिसरमा जनरल प्रताप शमशेर राणा (सानु राजा) को अर्धकतको शालिक अनावरण गरिएको छ । शालिकको लुम्बिनी प्रदेशका वन वातावरण तथा उधोग पर्यटनमन्त्री लीला गिरीले अनावरण गरे । हाल सग्रहालय रहेको पाल्पा दरवारको निर्माण जनरल प्रताप शमशेर राणाले गरेका थिए । दरवार निर्माणकर्ता राणाको सम्झनामा सर्वसाधारण तथा पर्यटकहरुको...
पाल्पा निस्दीका एक पुरुष घरमै मृत भेटिए
बुधबार, फागुन ५, २०७७
जिल्लाको निस्दी गाउँपालिकाका ३ झिरुवासका एक पुरुष घरमै मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार झिरुबासका २८ वर्षीय प्रेम बहादुर राना आफ्नै घरको सुत्ने कोठामा मंगलबार मृत अवस्थामा भेटिएका हुन् ।
देशैभर सरस्वतीको पूजा गरी मनाइयो श्रीपञ्चमी
बुधबार, फागुन ५, २०७७
विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मंगलबार देशैभर श्रीपञ्चमी पर्व मनाइएको छ । माघ शुक्ल पञ्चमीको दिन विद्यारम्भको मुख्य तिथि भएकाले बिहानैदेखि अभिभावकहरूले आ–आफ्ना बालबालिकालाई नजिकैका सरस्वती मन्दिर वा विद्यालयमा लगी सिसाकलम वा खरीले अक्षर लेख्न लगाउँदै अक्षरारम्भ गराएका छन् ।
कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते
मंगलबार, फागुन ४, २०७७
बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् ।
आज सरस्वती पूजा, विद्याकी देवीको पूजा गरिँदै
मंगलबार, फागुन ४, २०७७
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ । आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ ।


