Shittalpati
‘हेफर आधारशिला’ तालिम

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ बेस नेपाल पाल्पाको आयोजना माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा तीन दिने आधारशिला तालिम सञ्चालन गरिएको हो ।

तालिमको एक औपचारिक कार्यक्रमा बीच समापन गरिएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समापन गरेकी हुन् । तालिमको समापन गर्दै उपाध्यक्ष भट्टराईले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउन तालिमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा कृषि तथा पशुपालनको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै अब यहाँका नागरिकहरुको जीवनस्तर कृषि र पशुपालनबाटै माथि उठाउने बताइन् । उपाध्यक्ष भट्टराईले हरेक नागरिकहरुको जीवनस्तरलाई कसरी माथि उठाउँने भन्ने विषयमा गाउँपालिका सधै चिन्तित रहने गरेको बताउँदै गाउँपालिकावासीलाई व्यवसायिक कृषि तथा पशुपालनमा लाग्न जोड दिइन् ।

तीनदिने तालिममा हेफरका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने, वरिष्ठ तालिम अधिकृत सकुन्तला रसाईलीले हेफर सस्ंथाको परिचय, नेतृत्व, नेतृतवशैली र स्व–नेतृत्व, सहजजिवनयापनका लागि १२ वटा महत्वपूर्ण आधारशिलाहरु, स्रोत साधनको पहिचान, ब्यवस्थापन परीचालन र संरक्षण कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा सहभागी माया बस्याल र नित्यनन्द खनालले व्यवसायकि बन्न तालिमबाट प्राप्त टुल्स अत्यन्तै प्रभाकारी हुने बताए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update