Shittalpati
जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव

पाल्पा, राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।

उनीहरुले तथ्यांक स्पष्ट नहुँदा बसाइसराइले प्रभाव पारेको र परिवार सदस्य संख्या छुट्ने समस्या रहने भएकाले शुद्ध र पारदर्शी रुपमा तथ्याड्ढ संकलन गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरे । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले तथ्याड्ढ प्रभावकारी बनाउन गणक र सुपरिवेक्षकलाई जवाफदेही बनाउनुपर्ने बताए । उनले जनगणनालाई प्रक्रिया पूरा गर्ने तरीका नभई परिवर्तनको एउटा आधारका रुपमा वैज्ञानिक प्रक्रियाबाट अघि बढाउन सुझाव दिए । अध्यक्ष रानाले स्थानीय मिडियाहरुलाई बढी भन्दा बढी क्रियाशिल बनाउन सके जनगणना प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गरे । उनले स्थानीय सूचना र विज्ञापन स्थानीय मिडियाहरुलाई दिन सके यहाँका मिडियाहरु दिगो र सवलीकरण बन्न सक्नेमा जोड दिए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भरत शर्मा, सचिव यज्ञमूर्ति तिमिल्सीना, महासंघका पूर्व अध्यक्ष गोविन्द भट्टराई, कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, परेवा पाक्षिकका सम्पादक भोजराज भट्टराई, नेपाल प्रेस युनियन पाल्पाका कोषाध्यक्ष विष्णु खनाल, गाउँले देउराली साप्ताहिकका झविन्द्र देवकोटा लगायतका पत्रकारले तथ्याड्ढ संकलनलाई प्रभावकारी र वैज्ञानिक बनाउन आग्रह गरे । कार्यक्रममा जनगणना अधिकृत भविश्वर घिमिरेले पत्रकारहरुबाट आएका सुझावहरुलाई कार्यान्वयन गर्ने बताए । जनगणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गरिदिन उनले आग्रह समेत गरे । उनले जनगणना गर्नुको उद्देश्य, जनगणनाका मूलभूत विशेषता, जनगणना सञ्चालनको कानुनी प्रावधान, गणना विधि, संरचना, स्थलगत कार्य लगायतका विषयमा जानकारी समेत गराएका थिए । पाल्पामा पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको कार्य सकिएको छ । भदौ ३० गतेदेखि असोज १८ गतेसम्म पहिलो चरणको सूचीकरण गर्ने काम गरिएको सुपरिवेक्षक लेखनाथ पाण्डेले बताए । उनका अनुसार कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म मूल गणनाको काम हुने छ । गणनाका लागि जिल्लामा ३ सय ७९ गणकहरु खटाइएको छ । जिल्लामा तीन स्थानमा कार्यालय स्थापना गरी जनगणनाको काम भइरहेको छ । रैनादेवी छहरा, तानसेन र ताहुँमा जनगणनाको कार्यालय स्थापना गरिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update