Shittalpati
पाल्पामा अबैध चन्दा संकलन गर्ने ५ जना पक्राउ

पाल्पा,  अवैध रुपमा चन्दा स्वरुप रकम उठाउने पाँच जना पक्राउ परेका छन् । तानसेनका विभिन्न ठाउँहरुबाट अबैध रुपमा चन्दा संकलन गर्ने ५ जना व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

तानसेनमा अबैध चन्दा संकलन गरेको सूचनाका आधारमा गोरखा पालुङ्टार नगरपालिका –७, का ३६ वर्षीय दिपक भन्ने प्रदिप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका–९ का ३३ वर्षीय धनबहादुर विश्वकर्मा, मोरङ पथरी शनिश्वर नगरपालिका ९ का ४३ वर्षीय राजेश खरेल, झापा कनकाई नगरपालिका–४का ३८ वर्षीय केदार विक र झापा कनकाई नगरपालिका ३ का ४६ वर्षीय सूर्यबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले तानसेन नगरपालिका –६, बसपार्कको करुवा होटलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट मृगौला पीडित सहयोग लेखेको सहयोग रसिद मध्ये काटेको १३ थान, नकाटेको १० थान, सामाजिक सहयोग नेपाल अभियानको सहयोग रसिदबाट काटेको १३ थान र नकाटेको १९ ठेली थान सहयोग रसिद बरामद गरेको छ । यस्तै अबैध रुपमा संकलन गरेको २१ हजार २ सय ५५ रुपैयाँ रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । पक्राउ परेका पाँचै जनामाथि थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update