Shittalpati
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकाय

गुल्मी, जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातकोत्तरमा व्यवस्थापन संकायमा (एबिएस) अध्ययन गर्न पाइने भएको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको क्याम्पसले स्नातकोत्तरमा व्यवस्थापन संकाय थप गरेको हो ।

त्रिभुवन विश्वविद्यालबाट सम्बन्ध प्राप्त क्याम्पसमा शिक्षा संकायमा मात्र स्नातकोत्तर सम्म अध्ययन गर्न पाइने व्यवस्था थियो । यसै शैक्षिक सत्रबाट सुरु गरिएको व्यवस्थापन संकायमा ६१ जना बिद्यार्थी अध्ययनको लागि भर्ना भएको क्याम्पसले जनाएको छ । क्याम्पसले व्यवस्थापन संकायको कक्षा सुरु गर्नु पूर्व प्राध्यापक, सञ्चालक समिति, बिद्यार्थी बिच अभिमुखिकरण गरेको छ । यस क्षेत्रका विद्यार्थीलाई मध्य नजर राखेर सेवा थप गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताए । उच्च शिक्षा अध्ययन गर्नका लागि बुटवल काठमाडौं जानुपर्ने बाध्यता थियो । जसले गर्दा गुल्मी जिल्लामा रहेर उच्च शिक्षा हासिल गर्न पाइने भएको छ । जिल्लामा विभिन्न संकायमा स्नातक तहसम्म मात्रै अध्ययन गर्न पाइने व्यवस्था रहेको छ ।अनिल खत्री

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update