Shittalpati
दुर्घटनामा एकै साथ आमा–छोराको मृत्यु

बुटवल, रुपन्देहीको सैनामैना नगरपालिका ५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update