Shittalpati
चितुवाको छालासहित गुल्मीमा दुई जना पक्राउ

गुल्मी,  गुल्मीमा चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका –३ स्थित लुम्छा बजारमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छत्रकोट गाउँपालिका–२ भेडुवाका २७ वर्षीय सुमन खनाल र ३१ वर्षीय हरिबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई लुम्छाको घिमिरे होटल एण्ड लजमा चितुवाको छालाको कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट लुकाई छिपाई राखेको चितुवाको छाला २ थान समेत फेला पारेको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्यालय रिडीसँग समन्य भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गुल्मी र पाल्पामा चितुवाको छालाको कारोबार बढी हुने गरेको पाइएको छ । केही महिना अघि पाल्पामा पनि चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । रिब्दीकोट गाउँपालिका ५ कुसुम खोला देउरालीबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्युरो र हार्थोक प्रहरी चौकीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । झोलाभित्र गम्छामा बेरेको अवस्थामा बाघको मुखदेखि पुच्छरसम्मको लम्बाइ ६ फिट ४ इन्च, छातीको भागको चौडाइ २ फिट १ इन्च भएको छाला विक्रीको लागि लैजादै गर्दा उनीहरु पक्राउ परेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update