Shittalpati
आधारभुत प्राथमिक उपचार तालिम

पाल्पा, आधारभूत प्राथमिक उपचार तालिम तानसेनमा सकिएको छ । अष्ट्रेलीयन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, ने.रे.सो. केन्द्रको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी पाल्पाको आयोजनामा सञ्चालित चार दिने तालिम मंगलबार सकिएको हो ।

रेडक्रसद्वारा तानसेन नगरपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत तालिम सञ्चालन भएको थियो । तालिममा २४ जनाको सहभागिता रहेको रेडक्रसले जनाएको छ । तालिम कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपनिर्देशक एवं प्राथमिक उपचार महाशाखाका प्रमुख शिवराम गौतमले रेडक्रसको महत्वपूर्ण सिप मध्ये प्राथमिक उपचार सिप एक भएको बताए । उनले तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्नेमा विश्वास व्यक्त गरे । रेडक्रस पाल्पाका मन्त्री केशव प्रसाद पौडेल, कोषाध्यक्ष भिमसेन कार्की बरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, केन्द्रका कार्यक्रम संयोजक राजु राउत शकुन्तला बज्राचार्य लगायतले आधारभूत प्राथमिक उपचार तालिम आफैमा राम्रो रहेको धारणा व्यक्त गरे । तालिममा सहभागी गिता भट्टराई र देवबहादुर गोदारले आफुहरुले सिकेको सिपलाई समुदायमा भएको दुर्घटनाका घाईतेहरुका लागि मलम पट्टी बन्ने बताए । तालिममा प्राथमिक उपचार सिप, घाईतेको जाँचको चरणहरु , बेहोसी, रक्तश्राव, क्षोभ, हाड भचाई, पट्टीहरुको प्रयोग, मेरुदण्डको चोट, ओसार पसार लगाएतका महत्वपूर्ण सिपहरुको विषयमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा शिवराम गौतम, राजु राउत, बिनोद भारती, पदमराज पौडेल र संजित थापाले प्रशिक्षण दिएका थिए । रेडक्रस पाल्पाका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, कार्यक्रम अधिकृत बिनोद भारतीको सञ्चालनमा तालिम समापन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update