Shittalpati
सिडियोको पत्रकारसँग भेटघाट

गुल्मी,  गुल्मी जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारीले जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाट गरेका छन् । जिल्लामा भर्खर सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लाका सञ्चारकर्मी तथा पत्रकारहरुसँग भेट गरेका हुन् । भेटघाटमा पत्रकारहरुले जिल्लाको समग्र अवस्थाका विषयमा जानकारी गराएका थिए । उनीहरुले जिल्लामा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन गरिएको, सुशसानको अवस्था सुधार गर्नुपर्ने, अनुगमन प्रभावकारी बनाउनुपर्ने, समन्वयकारी ढंगबाट अगाडि बढ्न तथा सर्वसाधरणहरुलाई सहज सेवा प्रवाह गर्न र पत्रकारलाई सूचना दिन आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले विधि पद्धतिलाई स्थापित गर्न आफु प्रतिवद्ध रहेको बताए । प्रजिअ पौडेलले जिल्लाको आवश्यकताका आधारमा काम गर्ने बताए । पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष टोपलाल अर्याल, निवर्तमान अध्यक्ष नवराज भुसाल, पूर्व अध्यक्ष जनार्दन घिमिरे, उपाध्यक्ष रेशम कुँवर, सचिव प्रेम सुनार, सह–सचिव तिलाचन पाण्डे लगायत जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा संक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update