Shittalpati
आठ दिने आधारभूत मेलमिलाप तालिम सकियो

तानसेन,  तानसेनमा सञ्चालित आठ दिने मेलमिलाप सम्बन्धी आधारभूत तालिम सकिएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र द एसिया फाउन्डेसन र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिम सोमबार सकिएको हो ।

स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मूलनाराका साथ मेलमिलापकर्ता उत्पादनका लागि तालिम सञ्चान गरिएको थियो । तालिममा विवाद समाधानका लागि आवश्यक पर्ने सिपहरु, मेलमिलाप स्थापनाका लागि विभिन्न चरणहरु, मेलमिलापका लागि आवश्यक सिपहरु, सहमति,मेलमिलापकर्तामा हुनुपर्ने आवश्यक सिप,आचारसंहिताको पालना र सामाजिक न्यायका विभिन्न पक्षहरुमा सैद्धाान्तिक र प्रयोगात्मक अभ्यास सञ्चालन गरिएको तालिमका मुख्यप्रशिक्षक रमिला होमागाईंले बताए । तालिमको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बीच समापन गरेका हुन् ।

तालिमको समापन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष कार्कीले मेलमिलापको माध्यमबाट विवादका दुवै पक्षले जितेको अनुभूति गर्ने भएकाले विवाद सदाको लागि अन्त हुने र दिगो शान्ति स्थापनामा हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा दिएसिया फाउण्डेशनका प्रदेश संयोजक चुरामणि पोखरेलले शान्ति स्थापपनाका लागि गरिएका प्रयासहरुको चर्चा गरेका थिए । रैनादेवी छहरा गाउँपालिकाका न्यायिक समितिका सदस्य सचिव रविन्द्र रायमाझी, सहभागीहरु नवहरि पोखरेल र विष्णु घिमिरे लगायतले तालिममा सिकेका सिपहरुले वडा मेलमिलाप केन्द्रमा विवाद समाधान गरी मेलमिलाप स्थापना गर्नाका लागि मद्दत पुग्नेमा जोड दिए । तालिममा बगनासकाली र रैनादेवी छहरा गाउँपालिकाका सबै वडाबाट छनोट गरिएका ८८ जना व्यक्तिहरुको सहभागिता रहेको एन. आर. सि. टि. सि. एन. काजिल्ला कार्यक्रम संयोजक अम्बीका बस्यालले जानकारी दिए । रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक चेत कुमारी थापाको अध्यक्षत,कार्यक्रम संयोजक अम्बिका बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update