सवारी दुर्घटना चिन्ताको विषय
बिहीबार, माघ २६, २०७९

रवि प्रकरणले उब्जाएको प्रश्न
शुक्रबार, माघ २०, २०७९
रवि लमिछानेले अन्ततः जिल्ला प्रशाशन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे । उनी यस प्रकरणमा सम्मानित अदालत अनुरुप दोषी देखिए । उनले के गर्नु पर्ने थियो या थिएन भन्ने कुरा भन्दा पनि हाम्रो मुलुकको शासन सत्ता सञ्चालन गर्ने शसकहरुले पालन गर्ने विधि, विधान, ऐन, नियमको कुरा हो ।

अवैध क्रसर उद्योग बन्द गर
शुक्रबार, माघ २०, २०७९
सरकारले केही दिन अघि अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको थियो । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री बनेको १० औं दिन गत पुस २० मा मुलुकभरका अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेका थिए ।

सिमसार दिवसको सन्दर्भ
बिहीबार, माघ १९, २०७९
प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई ‘सिमसार’ भनिन्छ । सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २...

भीमा एकादशी, भिद्यो र भीमसेन
बुधबार, माघ १८, २०७९
प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ ।

मन्त्रालय घटाउने निर्णय स्वागत योग्य
बुधबार, माघ १८, २०७९
पहिलो कार्यकालमै मन्त्रालय बढाएर प्रदेश सरकारहरु आलोचित बनेका थिए । सातै प्रदेशमा मन्त्रालयको संख्या बढाउने होडबाजी जस्तै थियो । सरकार टिकाउन र सत्ता साझेदार दललाई भागवण्डा पुर्याउन भएका मन्त्रालय टुक्र्याउँदै नयाँ–नयाँ खडा गरिएको थियो । मन्त्रालयमा मन्त्री मात्र नभई राज्यमन्त्रीसमेत राखिएको थियो । तर तिनै प्रदेश सरकारले अहिले दोस्रो कार्याकालको...

सहिद दिवस र नेपाली काँग्रेस
मंगलबार, माघ १७, २०७९
नेपाली काँग्रेसले अब नयाँ दीशा निर्देश गर्ने बेला भएको छ । प्रजातन्त्रको मसिहाको संज्ञा दिने काँग्रेसका संस्थापक समाजवादी नेता वीपी कोईराला, लौहपुरुष वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुका रगत र पसिनाले सिंन्चित काँग्रेस उत्तरार्धमा आएर किन राजनैतिक अन्यौलताको शिकार हुदैछ त ? भन्ने जिज्ञासा समग्र पार्टी पंक्तिमा मड्राइरहेको...

कुष्ठरोगीलाई सम्मान गरौं
सोमबार, माघ १६, २०७९
७० औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठ प्रभावित प्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिवद्ध थिए...