Shittalpati
विश्व स्वास्थ्य दिवसको सन्दर्भ

विश्व स्वास्थ्य दिवस आज नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । यस वर्ष‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । शरीर स्वस्थ रहनु महत्वपूर्ण छ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । यद्यपी दिवस हरेक वर्ष हरेक पटक मनाउने गरेपनि स्वास्थ्य चुनौति भने झन् बढ्दो रहेको छ । वर्तमान समयमा खराब र अस्वस्थकर जीवनशैली र खानपानले शरीरमा विभिन्न रोग देखापर्ने गरेका छन् । स्वस्थ शरीरले मात्रा हामी सुन्दर जीवनको परिकल्पना गर्न सक्छौं । त्यसका लागि व्यक्ति स्वयमले नै स्वास्थ्यलाई कस्तो राख्ने भन्ने कुरा आफैमा निर्भर रहन्छ । यसैले पनि यसवर्ष दिवसको नारा मेरो स्वास्थ्य, मेरो अधिकार भन्ने राखिएको हो । मानिसले शरिरलाई स्वस्थ राख्न सन्तुलित आहार, व्यायम र सकरात्मक सोंच राख्न आवश्यक छ ।

स्वास्थ्य शरीरको कल्पना सन्तुलन खानाबिना अधुरो छ । हामीले खाने खानपानले नै हाम्रो शरीर कस्तो हुने निर्धारण गर्छ । शरीरलाई भिटामिन, प्रोटिन, क्याल्सियम, फाइबर जस्ता पोषणयुक्त खानाको आवश्यक पर्छ । यी खानाको पूर्तिबाट नै शरीर स्वस्थ रहन्छ । सन्तुलित भोजनले समग्र शरीरलाई सन्तुलनमा राख्छ जसले रोगबाट लड्न सकिन्छ । अर्कोतर्फ व्यायाम र योगले समग्र स्वास्थ्य अवस्थामा सुधार गर्दछ । यसले हाम्रो मांसपेशीलाई ठिक राख्छ भने शरीर तन्दुरुस्त र फूर्तिलो बनाउँछ । योग र व्यायामले शरीरमा उर्जा बढाउँछ । जसले गर्दा हाम्रो दक्षताका साथै मानसिक क्षमता पनि बढ्छ । श्वासप्रश्वासलाई नियन्त्रण गरी फोक्सो र मुटुलाई स्वस्थ राख्न पनि योग र व्यायाम जरुरी छ । सकारात्मक सोचले पनि मानिसलाई स्वस्थ राख्न ठूलो टेवा पु¥याउँद छ । स्वस्थ शरीरका लागि मानसिक स्वास्थ्य पनि स्वस्थ हुन आवश्यक छ । मानसिक स्वास्थ्य स्वस्थ हुन हाम्रो सोच सकारात्मक हुनुपर्छ । त्यसैले स्वास्थ्य शरीरका लागि व्यक्तिको सोंच पनि सकारात्मक चाहिन्छ । व्यक्तिको मनमा शान्ति, तनाव, चिन्ता भएमा यसले विभिन्न रोगको सिकार बनाउँछ । सकारात्मक चिन्तनले व्यक्तिको मनमा यस्ता विचलन आउन पाउँदैन् ।  अधिकांस मानिसहरुमा यी कुराहरुको ज्ञान र जानकारी नहुँदा पनि अस्वस्थकर जीवन बाच्नुु परेको छ । उनीहरुलाई यस्ता विषयहरुमा सचेतना जगाउन सकियो भने मात्र पनि स्वास्थ जीवन जीउन मद्धत पुग्ने मात्र होइन हरेक वर्ष मनाउने विश्व स्वास्थ्य दिवसले समेत सार्थकता प्राप्त गर्दछ ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update