Shittalpati
पाल्पा विकास केन्द्रको साधारणसभा तथा अधिवेशन 

पाल्पा, पाल्पा विकास केन्द्रको १६औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार तानसेनमा भएको छ । साधारणसभा तथा अधिवेशनले संस्थाको आगामी कार्यदिशा, गतिविधि र सामाजिक विकासका क्षेत्रमा गर्दै आएका कामलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । कार्यक्रममा संस्थाले पत्रकारिता, सुशासन, स्थानीय विकास, सामाजिक जवाफदेहिता तथा सञ्चारकर्मीको क्षमता विकास, अध्यन अनुसन्धान क्षेत्रमा सञ्चालन गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।

साधारणसभाका अवसरमा संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार मेघराज शर्मा र जिल्ला विकास समिति  पाल्पाका पूर्व सभापति झपेन्द्र जिसीलाई संस्थालाई जन्माउन, हुर्काउन, संस्थाको गरिमालाई उचाई सम्म ल्याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै  प्रमुख अतिथी लुम्बिनी प्रदेसका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेस सांसद खेम बहादुर सारु र संस्थाका अध्यक्ष कृष्ण पोखरेलले फूल टिका, सहित दोसल्ला ओढाएर सम्मानपत्र तथा नगदबाट  सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री तथा सांसद खेमबहादुर सारूले पाल्पा विकास केन्द्रले पाल्पाको पर्यटन, शिक्षा, स्वास्थ्य तथा स्थानीय तहलाई जवाफदेही बनाउने क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको बताए । निवर्तमान स्वास्थ्यमन्त्री सारुले संस्थाले  पत्रकार तथा सञ्चारकर्मीको क्षमता विकासका लागि सञ्चालन गरेका कार्यक्रमसमेत प्रभावकारी रहेको बताउँदै आगामी दिनमा अझ परिणाममुखी कार्यक्रम सञ्चालन गर्न सुझाव दिए  ।

 प्रदेस सांसद सारुले जिल्ला, प्रदेश हुँदै सिंगो मुलुकको सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान पुग्ने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले संस्थाले आफ्नो सेवा र कार्यक्षेत्र विस्तार गर्दै लैजानुपर्ने बताए । उनले  तानसेन नगरपालिका पाल्पा विकास केन्द्रसँग सहकार्य गरेर काम गर्दै आएको बताए ।तत्कालिन जिल्ला विकास समिति पाल्पाका सभापति झपेन्द्र जिसीले पाल्पा विकास केन्द्रका गतिविधि प्रशंसनीय रहेको बताए  । सामाजिक तथा विकासका क्षेत्रमा संस्थाले गर्दै आएका कामलाई निरन्तरता दिदै संस्थालाई मलजल गर्न आफ्नो पनि भुमिका रहेको पूर्व सभापति जि.सी. ले जोड दिए । संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार मेघराज शर्माले पाल्पाको  विकासका लागि पाल्पा विकास केन्द्रले महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेको बताए । स्थानीय तहलाई सबल बनाउने खालका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै बरिष्ट पत्रकार शर्माले  संस्थाले पारदर्शी र जवाफदेही ढंगले काम गर्दै आएको बताए ।   गैरसरकारी संस्था महासंघ पाल्पाका अध्यक्ष यादव शर्माले समाज रूपान्तरणमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए ।  पाल्पामा करिब ५०० गैरसरकारी संस्था दर्ता भए पनि ३०० संस्था मात्र नवीकरण भएको जानकारी दिँदै अध्यक्ष शर्माले  गैरसरकारी संस्थालाई विकास साझेदारका रूपमा काम गर्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारसँग आग्रह गरे ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पाल्पा विकास केन्द्रले सञ्चालन गर्दै आएका सञ्चारमाध्यम तथा सञ्चारकर्मीको क्षमता विकाससम्बन्धी कार्यक्रम प्रभावकारी रहेको बताए ।  संस्थाका कार्यक्रम प्रमुख किरण कौशलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पाल्पा विकास केन्द्रले पत्रकारिता, सुशासनलगायतका क्षेत्रमा गरेका कामहरुको जानकारी दिए ।  निर्वाचनमा हुने खर्च र खर्च हुने क्षेत्रको अध्ययन, सामाजिक परीक्षण, भिडियो डकुमेन्टूी तथा पुस्तक प्रकाशनमार्फत विकास निर्माणका गतिविधि नागरिकसमक्ष पु¥याउने कामसमेत संस्थाले गर्दै आएको संस्थाका कार्यक्रम प्रमुख कौशलले जानकारी दिए । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष बसन्ती ढकालले ३७ लाख रुपैयाँभन्दा बढीको आय–व्यय विवरण प्रस्तुत गरेकी थिईन । संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रका उपाध्यक्ष कृष्ण गहतराजले स्वागत संचालन  सचिव विनोद नेपालले गरेका थिए ।  
 

अध्यक्षमा पुन पोखरेल
साधारणसभा तथा अधिवेशनले कृष्ण पोखरेलको अध्यक्षतामा  ३ बर्षे नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचन अधिकृत बाबुराम कार्कीका अनुसार उपाध्यक्षमा कृष्ण गहतराज, सचिवमा विनोद भारती र कोषाध्यक्षमा बसन्ती ढकाल निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा विश्वराज भट्टराई, किशोर भट्टराई, अम्बिका बस्याल र किरण कौशल निर्वाचित भएका छन् । 
‘दृष्टि पात्रो ’अनलाइनको शुभारम्भ 
यसैबीच, साधारणसभामा ‘दृष्टि पात्रो’ अनलाइनको  शुभारम्भ गरिएको छ । अनलाईनको पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेस सांसद खेम बहादुर सारुले  बरिष्ट पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाको उपरिस्थतीमा दृष्टि पात्रो अनलाईन क्लिक गरी शुभारम्भ भएको हो । कार्यक्रममा अनलाईनका सम्पादक भविन्द्र गौतमले डिजिटल अनलाइन पत्रकारीताको माध्यमबाट समाजमा सत्य, तथ्य, निष्पक्ष, बतुनिष्ट भएर जनतामाझ सूचना प्रभाव गर्ने प्रतिवद्धता जनाए । 


 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update