सत्तामुखी मनोवृत्ति बदलौँ
बिहीबार, पुस ११, २०८१
क्रिसमसको शुभकामना
बुधबार, पुस १०, २०८१
बुधबार देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । इसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल इसाईहरुले मात्रै नभएर गैर इसाईहरुले समेत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउँदैछन् ।
कृषि अनुदान दिने मात्र होइन, नियमन पनि गर
मंगलबार, पुस ९, २०८१
सामान्य अर्थमा कृषि अनुदान भनेको सरकार वा अन्य निकायद्वारा किसानलाई प्रदान गरिने आर्थिक सहायता हो । यसको उद्देश्य कृषिमा उत्पादन बढाउने र किसानको जीवनस्तर सुधार गर्नु हो । किसानको उन्नति र विकासका लागि सरकारले वर्षेनी अर्बौँको बजेट छुट्याएको हुन्छ ।
भूकम्प : सचेतना आवश्यक
सोमबार, पुस ८, २०८१
२०७२ सालको महाभूकम्पपछि नेपालमा साना– ठूला पराकम्पहरु गइरहेका छन् । यी पराकम्पनबाट केही मानवीय क्षति हुन पुगेको छ भने केही ठाउँमा भौतिक क्षति भएका छन् । शनिबार मात्रै बाजुरमा ५ दशमलव २ रेक्टरको भूकम्प गयो । यसले नेपाल अझै पनि भूकम्पीय दृष्टिकोणले विश्वकै उच्च जोखिम क्षेत्रमा पर्छ भन्ने बुझाउन्छ ।...
स्वस्थ रहन ध्यान गरौं
आइतबार, पुस ७, २०८१
स्वस्थ रहन ध्यानको महत्वपूर्ण भूमिका रहेको छ । ध्यानले मानिसलाई ज्ञानी बनाउँछ । योभन्दा बढी चञ्चल मनलाई शान्त पनि बनाउँछ ।
कृषिमा व्यवसायीकरण आवश्यक
शनिबार, पुस ६, २०८१
कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो । नेपालको कृषि प्रणाली अझै पनि जीविकोपार्जनमुखी छ । विगतमा भन्दा अहिले केही हदसम्म क्रमिक रूपमा व्यवसायीकरणतर्फ भने रूपान्तरण हुँदै गएको छ । यसलाई राम्रै मान्नुपर्छ । तथापि उत्पादित कृषि बालीवस्तुहरूलाई अझ व्यावसायिक एवं प्रतिस्पर्धी बनाउनु तत्कालीन आवश्यकता भइसकेको छ ।
अर्थतन्त्र उकास्नतर्फ ध्यान देऊ
शुक्रबार, पुस ५, २०८१
नेपालको अर्थतन्त्रमा अझै पनि सुधार आउन सकेको छैन् । कोभिड पछि थला परेको अर्थतन्त्रलाई माथि उकास्ने सवालमा कुनै पनि सरकार गम्भीर बन्न सकेका छैनन् ।
सहकारीसँग जोडिएर उत्तर नआएका प्रश्नहरु
बुधबार, पुस ३, २०८१
सहकारीबाट बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा यतिखेर धेरै व्यक्तिले प्रहरीको हिरासत र कारागारमा समय बिताउनु परेको छ । त्यस मध्यका एक जना बहुचर्चित व्यक्ति रवि लामिछाने पनि हुन् । उनी लगायत सबै व्यक्तिलाई एउटै विषयमा कानुनी दायरामा ल्याइएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवस र यसको सार्थकता
बुधबार, पुस ३, २०८१
आज विश्वव्यापी रूपमा ‘अन्तर्राष्ट्रिय आप्रवासी दिवस’ मनाइँदैछ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ पारित गरेको दिन डिसेम्बर १८ लाई स्मरण गर्दै यो दिवस मनाउन लागिएको हो । महासन्धि राष्ट्रसंघीय महासभाले डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।
पर्यटन विकासमा ध्यान खै ?
मंगलबार, पुस २, २०८१
कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ ।
संघीयतामा आत्मनिर्भर अर्थतन्त्र
सोमबार, पुस १, २०८१
भन्ने गरिन्छ अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो ।
मौसमी प्रतिकूलता : सतर्कता आवश्यक
सोमबार, पुस १, २०८१
चिसो मौसम सुरु भएको छ । यो समयलाई हिउँदको मौसमको रुपमा पनि लिइन्छ । यो मौसम सुरु भएसँगै चिसो बढ्ने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । देशका केही ठाउँहरुमा हिमपात समेत परेको छ ।


