Shittalpati
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस्
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस् नक्कली शरणार्थी प्रकरणको विषयले यतिबेला मुलुक तातेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि त्यो सर्वत्र चासोको विषय बनेको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद, मन्त्रीका सल्लाहकार, बहालवाला सचिव पक्राउ परेपछि तरंग उत्पन्न भएको छ ।
बुद्धको उपदेश अनुसरण गरौं
बुद्धको उपदेश अनुसरण गरौं बुद्धजयन्ती भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको २५६७ औं जयन्तीमा शान्तिको कामना गरिदैछ ...
क्रिकेट खेलमा सफलता
क्रिकेट खेलमा सफलता मंगलबार भएको एसीसी प्रिमियर लिगको उपाधि नेपालले जितेसँगै खुसीयाली छाएको छ । यो जितले नेपाली क्रिकेट जगतमा अर्को इतिहास रचेको छ । एसियाली क्रिकेट काउन्सिलका ठूलामध्येको एक प्रतियोगितामा विजयी भएर नेपालले आफ्नो प्रतिभा र प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ । नेपालका लागि यो एउटा ऐतिहासिक सफलता हो ।
नेपाली प्रेसका चुनौती र अवसर
नेपाली प्रेसका चुनौती र अवसर यही वैशाख २० गते अर्थात् मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । ‘स्वतन्त्र एवं बहुलतावादी...
प्रेस स्वतन्त्रता दिवस र प्रेसको भूमिका
प्रेस स्वतन्त्रता दिवस र प्रेसको भूमिका प्रत्येक वर्ष ३ मे लाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । सरकारले समेत अर्थतन्त्र चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ । राजश्व परिचालन लगायतमा देखिएको समस्याका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र कोभिड–१९ पछि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गरिएका पहलहरुले साथर्कता पाउन सहिरहेको छैन ।
श्रमिकको सम्मान गरौं
श्रमिकको सम्मान गरौं आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको...
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ? संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरू अपरिहार्य संस्था हुन् । तर समयको बहावसँगै राजनीतिक दलहरूमाथि पनि नयाँ–नयाँ चुनौतीहरू थपिदै गएका छन् । संगठन गर्ने शैली, पद्धति, मुद्दा र काममा नयाँ परिवर्तन हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन् । उन्नाइसौँ शताब्दीका राजनीतिक संगठनहरूभन्दा बीसौँ शताब्दीका संगठनहरू धेरै मानेमा फरक हुन पुगे ।
अयोग्य लडाकुलाई रकम बाँड्न रोक
अयोग्य लडाकुलाई रकम बाँड्न रोक सरकारले अयोग्य लडाकुलाई दुुई लाख बाँड्ने भनि गरेको निर्णयप्रति व्यापक आलोचना भएको छ । यस अघि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई रकम बाँड्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । राहत स्वरुप प्रतिव्यक्ति दुई लाख रूपैयाँ दिने भनि कार्यविधि पारित गरेपछि त्यसलाई लिएर अहिले सर्वत्र बहस भएको...
औलो रोगबाट बच्न सचेत बनौं
औलो रोगबाट बच्न सचेत बनौं औलो अर्थात् मलेरिया लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ । औलो धेरै पुरानो र परम्परागतरुपमा परिचित समस्या हो । यसको न्यूनीकरणका लागि विश्वव्यापीरुपमै विभिन्न खाले अध्ययन–अनुसन्धान हुुने गरेका छन् ।
स्वास्थ्यका लागि हाँसो
स्वास्थ्यका लागि हाँसो हाँस्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हाँस्नका लागि अतिरिक्त पैसा खर्च गर्नुपर्दैन । न श्रम नै खर्चनुपर्छ । यो हाँसो स्वास्थ्यका लागि अचुक औषधि हो । तर मानिस खुलेर हास्नै सक्दैन । धेरैजसो समय मानिस चिन्ताग्रस्त, तनावग्रस्तरुमा हुन्छ । उसको दैनिकी धपेडीमा बित्छ । मनमा अनेक तर्कना खेल्छ ।
पुराना दल : सच्चिने कि सक्किने ?
पुराना दल : सच्चिने कि सक्किने ? वैशाख १० गते सम्पन्न उपनिर्वाचनले एक गतिलो सन्देश दिएको छ । यस निर्वाचनले पुराना दल भनिएकाहरुलाई नयाँ दलले नराम्रासँग झड्का दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले मतदानको माध्यमबाटै पुराना दललाई ठूलो सजाए दिएका छन् ।
Weather Update