अनुशासनको कारवाहीमा काँग्रेसमा बढ्यो खिचलो
आइतबार, असार २९, २०८२

भानुभक्तको योगदान अनुसरण गरौं
आइतबार, असार २९, २०८२
भानुजयन्ती आज देशभर हर्षउल्लासका साथ मनाइँदै छ । नेपाली साहित्यको आदिकविका रुपमा भानुभक्त आचार्यलाई लिने गरिन्छ । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ । यो दिन नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झना गरिन्छ । १८७१ असार २९ गते (आजैका दिन) भानुभक्तको...

समृद्ध बगनासकाली निर्माणका आधारहरु
शनिबार, असार २८, २०८२
पाल्पा जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये एक हो बगनासकाली गाउँपालिका । ऐतिहासिक धार्मिक धरोहर बगनास देवी को ‘बगनास’ र उत्तरी सिमानालाई घेरेको प्रसिद्ध कालीगण्डकी नदी को ‘काली’ शब्द मिलाएर बनेको बगनासकाली नामाकरण आफैमा विष्टि र अनुपम पहिचान झल्काउने शव्द हो ।

करछली गर्नेलाई कारवाही गर
शनिबार, असार २८, २०८२
पछिल्लो समय पाल्पासहित देशभर नै करछली गर्ने क्रम बढ्दो छ । खास गरी मधेस प्रदेशका जिल्लाहरूमा पछिल्लो समय कर छली गर्ने परिपाटी बढ्दै गएको तथ्यांकले देखाएको छ ।

जनसंख्या दिवसको सान्दर्भिकता
शुक्रबार, असार २७, २०८२
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदैछ । जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरी हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइँन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।

लता के.सी.को पाहुर
बिहीबार, असार २६, २०८२
माता जान्दवीदेवी खड्का क्षेत्री र पिता लक्ष्मीबहादुर खड्का क्षेत्रीको सुयोग्य सुपुत्रीको रूपमा लता के.सी.को जन्म वि.सं.२०१७ साल जेष्ठ २७ गते भएको हो । बी.ए. उत्तीर्ण गरी वि.सं.२०५२ सालदेखि शिक्षण पेशालाई अगाली वि.सं.२०७२ मा सेवा निवृत्त हुनु भएकी लता के.सी नेपाली साहित्यको आकाशमा सशक्त नारी हस्ताक्षरको रूपमा उपस्थित हुनु भएको छ ...

न्यायालयमा राजनीतिक छाया
बिहीबार, असार २६, २०८२
गत बुधबार राति सर्वोच अदालतबाट फैसला भयो । अध्यादेशको बलमा संवैधानिक निकायमा नियुक्ती भएका पदाधिकारीहरुको रिटमा अदालतले फैसला सुनायो । यसमा पनि प्रधानन्यायधिश नै अल्पमतमा परे । यो प्रकरणले कालो कोटधारी न्यायमुर्ति माथि दलको राजनीतिक छाया राम्रोसँग परेको रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।

गुरुको सम्मान गरौं
बिहीबार, असार २६, २०८२
आज गुरु पूर्णिमा हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा पर्दछ । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः...

मधुमेह रोकथामका उपाय खोजौं
बुधबार, असार २५, २०८२
पछिल्ला केही वर्ष यता नेपालमा मधुमेहका बिरामी बढ्दो छन् । मधुमेहलाई नेपालीमा ‘चिनी रोग’ भनिन्छ । मानिसको रगतमा चिनीको मात्रा औसतमा ६० देखि १४० सम्म साधारण मानिन्छ । यदि रगतमा चिनीको मात्रा १८० मि.ग्रा.र डि.लभन्दा बढी भएमा मृगौलाले चिनी पिसाबमा फालिदिन्छ र मृगौला बिरामी हुन सक्छ । शरीरमा चिनीको मात्रा...

किसानका समस्यामा गम्भीर बन
मंगलबार, असार २४, २०८२
किसानहरू यति बेला खेतीपातीमा व्यस्त छन् । यो समय भनेको किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने बेला हो । तर, तिनीहरू अनेकन समस्याको सामना गरिरहेका छन् । जुन समस्यातर्फ सरोकारवाला निकायको ध्यान पुग्नसकेको छैन । समयमा मल र बिउ नपाउनु किसानको विगतदेखिकै समस्या बनेको छ । किसानहरूले भोग्ने समस्या एक...

विपद्को पूर्वतयारी खै ?
सोमबार, असार २३, २०८२
मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । यद्यपि वर्षाको प्रकृति एउटै छैन । कतिपय क्षेत्रमा पानी परेको छैन भने केही ठाउँहरुमा निरन्तरको वर्षाले क्षति पुगेका घटनाहरु आइरहेका छन् । बर्षका कारण क्षति भइरहे पनि त्यसलाई रोक्नका लागि आवश्यक तयारी हुन सकेको छैन ।

विद्या भण्डारीको राजनीतिले उब्जाएको तरङ्ग
आइतबार, असार २२, २०८२
नेकपा एमालेका स्वार्गिय मदन भण्डारीको धर्म पत्नी विद्या भण्डारीलाई राज्यले दिएको सुविधा मध्य सुरक्षा बाहेक सबै फिर्ता गरेर एमालेको मुलधारको राजनैतिकमा फर्किएको विषयले नेकपा एमाले भित्र एक प्रकारको तरनै उत्पन्न भएको छ ।

तुलसीको महत्व र उपयोगिता
आइतबार, असार २२, २०८२
तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घरआँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ ।