Shittalpati
नेतृत्व हस्तान्तरण अहिलेको आवश्यकता

यति बेला नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको छ । ‘जेनजी आन्दोलन’पछिको परिणामले साना–ठूला पार्टीहरुमा नेतृत्व हस्तान्तरणको विषयले व्यापकता पाएको देखिन्छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीभित्रैबाट ‘नेतृत्व हस्तान्तरण’ को आवाज चर्किंदै गएको छ । सामाजिक सञ्जालदेखि आन्तरिक बैठकसम्म पुस्तान्तरणको बहसले गति लिन थालेको छ । अहिलेको अवस्थामा यसलाई सकारात्मक नै लिनुपर्छ ।

अग्रपंक्तिका जुन नेताहरूका कारणले गर्दा मुलुकमा आहिले अवस्थाको सिर्जना भएको छ । तिनै नेताहरूको नेतृत्वलाई स्वीकार गरेर अगाडि बढ्ने हो भने भोलिको अवस्था यस्तै रहिरहनेछ, त्यसमा सुधार हुनसक्दैन भन्ने सोच नयाँ पुस्ताले राखेको छ । नयाँ पुस्ता वा जेन–जी समूहले त अब कुनै पनि हालतमा बुढापुरानाहरूको नेतृत्व स्वीकार गर्नै सक्दैन । दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भएका खण्डमा भने उनीहरूले केही हदसम्म स्वीकार गर्न सक्लान् । नेपालको राजनीतिको केन्द्रबिन्दुमा रहेको पार्टी भनेको नेपाली काँग्रेस हो र यस पार्टीको केन्द्रीयतामा अरू पार्टीहरू घुमिरहेका हुन्छन् । काँग्रेसमा दोस्रो र तेस्रो पुस्ताका नेता लामो समयदेखि नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व रूपान्तरणको विषयलाई जोडतोडका साथ उठाइरहेका छन् । आवश्यक परे ७७ जिल्लासम्म बहस सिर्जना गर्ने र कार्यकर्ताको मनोभावनाबमोजिम अगाडि बढ्ने उद्घोष उनीहरूको छ । जेनजी पुस्ताको माग सम्बोधन गर्दै पार्टीलाई रूपान्तरण गर्ने दायित्व आफ्नो काँधमा आएको महामन्त्रीद्वयले पटक पटक दोहो¥याएका छन् । राज्यले ठूलो जनधनको क्षति बेहोरिरहेको समयमा कांग्रेसको पार्टी जीवनमा पनि अपुरणीय क्षति पुगेकाले यसलाई पहिलकै अवस्थामा ल्याउने एक मात्र विकल्प नेतृत्वको रूपान्तरण भएको तर्क उनीहरुको छ ।
रास्वपामा पनि यस्तै माग भइरहेको छ । माओवादी पार्टीमा पहिलेदेखि नै उकुसमुकुसको स्थिति रहँदै आएको हो । एमालेमा भने अध्यक्षको अधिनायकवादी शैलीका कारण धेरै प्रतिभाशाली व्यक्तिहरू अनुशासनको कारबाहीमा परेर बाहिरिनुपरेको अवस्था थियो र अध्यक्षको विरोधमा जाने हिम्मत भएको थिएन तर पछिल्लो समयमा पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किन चाहेपछि पार्टी दुई पक्षमा विभाजित बन्दै आएको बेलाको चरम अवस्थामा जेन–जी आन्दोलन भएको छ । यसको सबैभन्दा मुख्य जिम्मअगाडि बढ्ने सोच उहाँहरूमा रहेको पाइन्छ । यस्तो अवस्था रहिरहने हो भने फेरि आन्दोलन निम्तिन सक्छ । त्यसकारण सबै पार्टी पुनर्गिठित भएर दोस्रो पुस्तालाई नेतृत्व सुम्पँदै पहिलो पुस्ताका नेताहरू आफू अभिभावक भएर बस्दा वर्तमान परिस्थिति संलिन सक्छ ।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update