Shittalpati
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व
विश्वकर्मा पूजाको आध्यात्मिक महत्व फलामजन्य औजारहरुको पूजाआज गरी बुधबार विश्वकर्मा पूजा गरिएको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता भए जस्तै यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रहेको छ ।
विज्ञान दिवसको सान्दर्भिकता र सन्देश
विज्ञान दिवसको सान्दर्भिकता र सन्देश आज राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा  हरेक  वर्ष असोज १ गतेलाई राष्ट्रिय विज्ञान तथा प्रविधि दिवसको रूपमा मनाउने गरिन्छ । नेपालमा पहिलो पटक २०७० असोज १ गते विज्ञान दिवस मनाइएको थियो ।
ओजोन तह संरक्षणमा ध्यान देऊ
ओजोन तह संरक्षणमा ध्यान देऊ पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवच हो । जसले सूर्यका हानिकारक किरणलाई पृथ्वीमा सिधै छिर्नबाट रोक्छ ।
अर्थतन्त्रलाई गहिरो संकटमा जानबाट जोगाऔँ
अर्थतन्त्रलाई गहिरो संकटमा जानबाट जोगाऔँ कोभिड महामारीका कारण लामो समय प्रभावित बनेको मुलुकको अर्थतन्त्र उठ्नै लागेको बेला पुनः कमजोर बन्न पुगेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोडजस्ता घटनाले नेपालको अर्थतन्त्रमा गहिरो असर पर्न गएको छ । राज्यको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् र सर्वाेच्च न्यायालय सहितका भौतिक, अभौतिक सबै सम्पत्ति नष्ट भएको...
बालबालिकाको अवस्था र बालदिवस
बालबालिकाको अवस्था र बालदिवस हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । आज पनि विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ । सन् १९९०, १४ सेप्टेम्बरमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको विशेष दिनका रुपमा यो दिवस मनाउने गरिएको हो ।
प्राथमिक उपचार दिवसको सार्थकता
प्राथमिक उपचार दिवसको सार्थकता प्राथमिक उपचार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।
मुलुकलाई सहज निकास देऊ
मुलुकलाई सहज निकास देऊ जेनजीको आन्दोलन पश्चात उत्पन्न परिस्थितिप्रतिले यति बेला आमनागरिकलाई चिन्तित बनाएको छ । प्रदर्शनका क्रममा ३४ जना भन्दा बढीको ज्यान गइसकेको छ धेरै बालबालिका र सुरक्षाकर्मी घाइते भएका छन् ।
सबै मिलेर आत्महत्या रोकथाम गरौं
सबै मिलेर आत्महत्या रोकथाम गरौं नेपालमा आत्महत्या गर्नेहरू दिनहुँ बढिरहेका छन् । मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ ।  आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको...
समस्याको समाधान खोजौं
समस्याको समाधान खोजौं मुलुकमा जेनजी पुस्ताको विरोध प्रदर्शन र त्यसपश्चात्को पाशविक दमनले मुलुकको लोकतान्त्रिक इतिहासमा अर्को कालो पाना थपिदिएको छ ।
श्रद्धाकर्म सोह्रश्राद्ध
श्रद्धाकर्म सोह्रश्राद्ध प्रत्येक वर्ष आश्विन कृष्ण पक्षदेखि सुरु हुने सोह्रश्राद्ध सोमबारदेखि सुरु भएको छ । सोह्र दिनसम्म चल्ने यस श्राद्धलाई पितृ पक्ष पनि भनिन्छ । हिन्दू धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पूर्खालाई तिथी मिलाएर तर्पण, पिण्डदान र ब्राÞमण भोजन गराउने गर्छन् । हाम्रो समाज पितृप्रधान रहेकाले मूल पुरुषको तिथीमा अन्य पूर्खालाई स्मरण...
Weather Update