Shittalpati
चुनावी गठबन्धन
चुनावी गठबन्धन स्थानीय निर्वाचन आउन अब झण्डै ३६ दिन बाँकी छ । यसबीचमा एमाले र सत्तारुढ दलहरुबीचको राजनीतिक खिचातानी समेत बढ्दै गएको छ । स्थानीयस्तरमा राजनीतिक रुपमा सक्रिय रहनेहरुका लागि आउँदो निर्वाचन कुनै महापर्वभन्दा कम छैन । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ...
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर...
खेलकुद दिवसको सार्थकता
खेलकुद दिवसको सार्थकता शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ ...
सहमति कार्यान्वयन होस्
सहमति कार्यान्वयन होस् प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतसँग केही सम्झौता र सहमती भएका छन् । भ्रमणमा दुई देशबीच सीमा विवाददेखि ऊर्जा व्यापारसम्मका विषयमा कुराकानी भएको र केही विषयमा सम्झौतासमेत भएको छ । यो सहमतिको पूर्ण कार्यान्वयन भयो भने मात्रै नेपाल–भारतबीचको सम्बन्धले नयाँ उचाइ लिनेछ ।
आर्थिक विकासमा सहकारी
आर्थिक विकासमा सहकारी सहकार्यका माध्यमबाट एक–अर्कामा संगठित भई सदस्यको हित प्रवद्र्धधन गर्ने कार्यलाई सहकारी भनिन्छ । यो सदस्यको स्वावलम्बन र पारस्परिकताको जगमा अडेको हुन्छ । नेपालमा सहकारीको विकास २०१३ सालमा बखान ऋण सहकारी संस्था चितवनमा स्थापना भएपछि सुरु भएको हो । नेपालको संविधानले मार्गदर्शन गरेको ३ खम्बे नीतिको एक खम्बा सहकारीको प्रवद्र्धधन गर्दै...
भारत भ्रमणको अपेक्षा
भारत भ्रमणको अपेक्षा तीन दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा शुक्रबार भारत गएका हुन् ।
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।
सेवा प्रवाह प्रभावकारी बनाऊ
सेवा प्रवाह प्रभावकारी बनाऊ राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्‍याउने कार्य, पक्रिया र पद्दति नै सार्वजनिक सेवा प्रवाह हो ।
तरलता संकट समाधान गर
तरलता संकट समाधान गर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले अहिले पनि निरन्तरता पाएको हो । सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै...
समृद्धिको लागि कृषि
समृद्धिको लागि कृषि नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै...
पिशाच चतुर्दशी र पाँहा चहेँ
पिशाच चतुर्दशी र पाँहा चहेँ आज पिशाच चतुदर्शी र पाँहा चन्हे काठमाडौं, उपत्यकाका नेवारी समुदायको एक प्रमुख चाड । यस चाडलाई नेवारहरुले परापूर्वकाल देखिनै चतुर्दशीको दिन मनाउँदे आएका छन । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिवले पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले यस दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।
निर्वाचनको चटारो
निर्वाचनको चटारो स्थानीय निर्वाचन २०७९ को निर्धारित तिथि नजिकिदै जाँदा राजनैतिक सरगर्मी र प्रचार–प्रसारको चटारो बढ्दै गएको छ । निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना र मतदाता शिक्षाका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढाइरहेका बेला राजनैतिक दलहरुले गठवन्धन र एकल को–कसरी निर्वाचनमा जाने भन्ने विषयमा गम्भीर छलफल र परामर्शलाई तिव्रता दिएका छन् ।
Weather Update