Shittalpati
देउवाको ओरालो राजनीतिक यात्रा !

प्रकाश नेपाल
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन् । सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यसपछि उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति बने । पञ्चायत विरोधी राजनीति गर्दा देउवा पटक–पटक जेल परेका थिए । आफ्नो राजनीतिक जीवनमा पटक–पटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका देउवा पाँचौ पटक प्रधानमन्त्री बने । २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने ।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए । २०५६ सालमा डडेल्धुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरे । त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुर्नस्थापित गरे । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाए । गिरिजाप्रसाद कोइरालासँगको अन्तरद्धन्द्वका कारण उनले २०५९ सालमा नेपाली काँग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए । २०६२÷६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो । नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बने । देउवाकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भयो । २०७२ साल फागुनमा भएको १३ औं पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता बने । २०७८ मा सर्वोच्च अदालतको परमादेश अनुसार देउवा पाँचौं पटक प्रधानमन्त्री भएका थिए । काँग्रेसको १२ औँ महाधिवेशनमा सुशिल कोइरालासँग देउवा सभापतिमा पराजित भएका थिए । १४ औं महाधिवेशनमा भने डा.शेखर कोइरालालाई पराजित गर्दै देउवा पुनः सभापति बनेका थिए । उनै  देउवा नेतृत्वको काँग्रेसको अवस्था र देउवाको राजनीतिक यात्राका विषयमा यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।

 गत वर्ष सम्पन्न निर्वाचन र यस वर्ष भएको उप निर्वाचनको मत परिणमले टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेद्वारा गठित राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै स्थानमा विजय हासिल गरेको थियो । यस्तो हुनुमा धेरै घटना क्रम जोडिएका छन् । निर्वाचन, उपनिर्वाचनले पुराना ठूूला–ठूूला भनिने दलका लागि नराम्रोसँग झापड लाग्यो । संघीय लोकतान्त्रिक व्यवस्थामा आमजनतालाई रैति ठान्ने नेताहरु अब सकिने अवस्थामा पुगेका छन् । आम जनताले ठूूला र पुराना दल भ्रष्ट हुन भन्ने कुरा घटना क्रमले प्रमाणित गरेपछि नेताहरु तल परेका हुन् । अबका दिनमा ठूूला दलले आफ्ना नीति कार्य दिशा परिवर्तन नगरे सकिने नै हो यो तथ्य लुकाएर लुक्दैन् । ठूूला दल मध्य सबैभन्दा बढी नोक्सान काँग्रेसलाई भयो ।  काँग्रेसको बलियो पकड भएको जिल्लामा टाउको उठाउन नपाउने वातावरण बन्यो । यो पनि पार्टी सभापति शेरबहादुर देउवाका कारणले नै भयो । उनको किचन क्याविनेट भित्रका सदस्य  बालकृष्ण खाण र श्रीमति मञ्जु खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिदा कहिल्यै उठ्न नसक्ने गरी थलिए ।  बालकृष्ण यो प्रकरणमा थलिदा उनका अभिभावक देउवाको मौनताका कारण यो प्रकरण थप रहस्यमय नै भयो । भुटानी शरणार्थी प्रकरणमा देउवमा पत्नीको नाम जोडिदासम्म मौनता साध्नु भनेको तथ्य निकट नै हो भन्ने आम जनताको बुझाई छ । यस्ता प्रकरण जिवित नै छन् । त्यसै गरी सभापति देउवा संस्थागत रुपमा अगाडि बढ्न नसक्नु पनि मुख्य समस्या हो । पार्टीलाई उनले प्रतिदिन कमजोर पनि बनाउँदै लगेका छन् । पार्टीको मुख्य जग भनेको नेविसंघ, तरुण दल हो । तिनको महाअधिवेशन नै हुन नसक्दा पार्टी पक्षघात जस्तै भएको छ । भातृसंस्थालाई चलायमान तुल्याउन माहाअधिवेशन भन्दा आफ्ु निकटका व्यक्तिलाई टिका लगाएर नेतृत्व दिने मनसुवा पालेका छन् । यस्ता प्रकरणका कारण नयाँ पुस्ताका रोजाई रुख भन्दा घण्टी परेको हो ।

पार्टीलाई आफ्नो पर्यावाची ढान्ने प्रवृत्तिका कारण काँग्रेस अधो गतिमा लागेको हो । केन्द्रीय महाअधिवेशन पुरा भएको एक वर्ष भयो । पार्टीको विधिविधान पद्धती अनुरुप केन्द्रीय समितिले पुणता पाउनु पर्दछ तर हालसम्म न केन्द्रीय समितिले पुणता पायो न विभागहरु गठन भए । पार्टीमा यति खेरसम्म कोषाध्यक्ष मनोनित भएको छैन् । यहाँ भन्दा लाज लाग्ने कुनै ठाउँ छैन् ।  पार्टीका कार्यकर्तामा लाज लाग्ने यो भन्दा अर्को ठाउँ छैन् । यस्ता विषयमा संवेदनशिल बन्न जरुरी नै छ । नेकपा एमाले विभाजन भयो तर एमाले र एमालेबाट विभाजित भएको समाजवादीले तल्लो तहसम्म सांगठनिक संरचना निर्माण गरिसकेको छ तर काँग्रेस भित्र संरचना बनाउने कार्य शुन्य भएको छ । त्यति मात्र होइन गत मंसिरमा सम्पन्न निर्वाचनको समिक्षा हुन सकेको छैन् । केन्द्रीय समितिको बैठक नबसेको एक वर्ष पुरा हुन लाग्यो । यस्ता कारणले नै संगठन चलाएमान हुन नसकेको हो । नयाँ पुस्ताप्रति पार्टीको स्पष्ट नीति बन्न सकेको छैन् । नेपाल विद्यार्थी संघ, तरुण दल केही व्यक्तिको हातमा छ । यस्तो भएपछि कसरी चलायमान हुन्छ । यो विषयमा देउवा निकटका व्यक्तिले सुझाव दिन नसक्नु पनि दुखद् कुरा हो । देउवाका  विषयमा आलोचनाका विषय धेरै छन्् । नेतृत्वमा रहेका व्यक्तिको नै आलोचना हुने हो । नेतृत्वमा रहेका व्यक्तिले  आलोचनाको वातावरणलाई कम गर्दै जानु पर्दछ । तर देउवाले त्यसो गरेका छैनन् । उनी झन भन्दा झन् आलोचित बन्दै गएका छन् । पार्टी भित्रको असन्तुष्टि र आलोचनाले देउवाको राजनीतिक यात्रालाई पक्कै पनि असर गर्दछ ।

पछिल्लो समयमा जब उनको पत्नीको नाम जोडियो तब उनि मौन छन् । यस प्रकरणमा पार्टीको स्पष्ट धारण के हो ? आम जनताले  खोजेको जवाफ हो । तर देउवा यो विषयमा  मौन रहनुु दुखद् हो ।  यसले  उनी बदनामको यात्रामा उन्मुख भएको पनि सत्य हो । पार्टीमा राम्रो छवि बनाउन देउवा असफल नै भएका हुन् । त्यसै गरी भुटानी शरणर्थी प्रकरण भन्दा अगाडिका विषयमा उनी गम्भिर नभएकै हुन् । सदनमा ओलीको गर्जन हुँदा देउवा मौन बसे । सदनलाई पनि उनले जवाफ दिनु पर्दछ । यहि विषयमा आरजुको अडियो प्रहरीले भेटाएको छ । यस्ता विषयका कारण  देउवालाई जीवनको उतराद्र्धमा विवादित छविले पतनको बाटोमा ठो¥याएको छ ।  राजनीतिक रुपमा प्रतिशोधका कारण नभई नेपाल प्रहरीले  न्यायोचित रुपमा छानविन गरेको छ । छानविन गर्ने निकायलाई दवाब पनि नदिएका होइनन् देउवाले । राजनीतिक जीवन  समाप्त गरेर श्रीमतिलाई जोगाउन लागेको भन्ने आरोप पनि उत्तिकै छ । अमेरिकामा पढेको प्रजातान्त्रिक आन्दोलनमा राम्रो भूूमिका निर्वाहा गरेको भन्ने थियो ।  त्यसैले २०४८ सालमा कृष्ण प्रसाद भट्टराईको सिफारिसमा गृहमन्त्री भए । त्यस समयसम्म उनको राजनैतिक उचाई बढ्दै गएको थियो । तर पछिल्लो समयमा आएर भने उनको राजनीतिक यात्रा ओरालो लागेको छ । पार्टीलाई एकलौटी रुपमा चलाउन थालेसँगै सुुरु भएको उनको ओरालो यात्रालाई भुटानी शरणर्थी प्रकरणमा मौन रहनुु र श्रीमति आरजुु राणाको नाम समेत आउनुुले अझ भिरतर्फ लगेको छ । अहिलेकै अवस्थामा सभापति देउवाले आफुलाई सच्याएर अगाडि बढेनन् भने उनको अहिलेसम्मको राजनीति छविमा दाग लाग्ने मात्र होइन, राजनीतिक यात्रा नै ओरालोमा लाग्ने निश्चित छ । 
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update