Shittalpati
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा
रामपुरमा जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा रामपुर नगरपालिकाले जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकहरुको दैनिकीलाई सहज बनाउन नगरपालिकाले राधाकृष्ण मन्दिरमा मिलन केन्द्र सञ्चालन गरेको हो ।
हावाबाट बिजुली गाउँ नै झिलिमिली
हावाबाट बिजुली गाउँ नै झिलिमिली टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ज्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट...
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते
पाल्पाका थप १२ जना संक्रमितले कोरोना जिते जिल्लामा थप १२ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार मात्र माथागढी गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २ र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना गरी १२ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज प्रदेश सरकरले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको छ तर कुन मिडियाले के कति मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी हुन सकेको छैन । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले भने यस विषयमा खोज्न थालेको छ ।
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा
सिण्डिकेट कायम गर्दा सञ्चार गृह संकटमा सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार गृहमा दिन रोकेर कमिसनका लागि विज्ञापन एजेन्सीहरुसंग मिलेमतो गरी सिण्डिकेट कायम गर्दा सञ्चार गृहहरु आर्थिक संकटमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रकाशन तथा प्रशारण समाज रुपन्देही र चांदनी नेपालले बुटवलमा गरेको अन्तक्र्रियामा सहभागी रुपन्देहीका सञ्चारगृहका सञ्चालकहरुले सरकारी सूचना र विज्ञापनहरु सिधै सञ्चार...
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले प्रदेश ५ का अन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्रमुखमा भट्टराई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाको क्याम्पस प्रमुखमा टंक प्रसाद भट्टराई नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालय काठमाडौले बरिष्ठताको आधारमा सह–प्राध्यापक भट्टराईलाई त्रिभुवन बहुमुखी क्याम्प पाल्पाको क्याम्पस प्रमुखमा नियुक्ति गरेको हो । क्याम्पस प्रमुख भट्टराईले २०४९ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेतबाट सेवा प्रारम्भ गरी, २०५४ सालमा स्थायी भएको र २०५६...
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि
पाल्पामा थप पाँच जनामा कोरोना पुष्टि जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढी गाउँपालिकाका १ जना र बगनासकाली गाउँपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएका बगनासकालीका चार जना पुरुष तीन हप्ता अघि भारतबाट आएर विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना
सत्तारुढ दलका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निराश : सभापति राना नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश ५ का प्रदेश सांसद बीरबहादुर रानाले सत्तारुढ दल नेकपाका नेताहरुको आन्तरिक द्वन्द्वले जनतामा निरास छाएको बताएका छन् । नेपाली काँग्रेस रामपुरनगर समितिको आयोजनमा भएको पार्टीका अगुवा कार्यकर्ता तथा जनप्रतिनिधीहरु बीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति रानाले मुलुक भित्र हाल देखा परेको राजनैतिक...
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह
बाहिर निस्कदा अनिवार्य मास्क लगाउन पाल्पा प्रशासनको आग्रह विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क लगाउन नागरिकलाई आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएअनुसार जिल्ला प्रशासन कार्यालयले पनि कोरोना भाइरसबाट बच्न...
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी
क्वारेन्टाइनमा रहेका युवाहरुसँगै यसरी नाँचे प्रहरी जवान चौधरी समाज र प्रहरी बिचको सम्बन्ध कायम गर्नका लागि मुस्कान सहितको सेवा, समुदाय प्रहरी साझेदारी लगाएतका कार्यक्रम सञ्चालनमा रहेको छ । तर प्रहरीलाई स्थानीयले हेर्ने दृष्टिकोण भने अझै परिवर्तन भएको छैन् । अधिकांशको बुझाई प्रहरी भन्ने वित्तिकै अपराधी समाउने, सजाय दिने जस्ता नकारात्मक रुपमा लिईएको पाईन्छ । प्रहरीले सधैं अपराधी समाउने...
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित
पाल्पामा कृषि क्षेत्रका कार्यक्रम प्रभावित विश्वलाई नै आक्रान्त बनाएको कोभिड– १९ ले नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा ठूलो प्रभाव पारेको छ । लामो समयदेखिको बन्दाबन्दीले जिल्लाको कृषि क्षेत्रको विकासमा नराम्रोसँग प्रभाव पारेको हो । कृषि विकासका कार्यक्रमहरु द्रूत गतिमा हुने समयमै लकडाउन भएपछि जिल्लामा सञ्चालित अधिकास कार्यक्रम ठप्प भएका हुन् । लामो समयदेखिको...
Weather Update