Shittalpati
प्रकाशन प्रशारण समाजद्धारा कानुन मन्त्रीलाई ज्ञापन पत्र

बुटवल । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले प्रदेश ५ का अन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । प्रदेश सरकराले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको तर कुन मिडियाले के कती मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी नभएको लगायतका जल्दोबल्दो विषयमा ध्यानाकर्षण गराइएको हो ।

कम्तिमा पनि प्रदेशको अस्थायी राजधानीमा वसेर मिडिया संचालन गर्नेहरुलाई थाहा नहुनु दुखद पक्ष भएको भन्दै ध्यानाकर्षण पत्रमा मिडियाको नाममा विनियोजन गरीएको वजेट खर्च गर्न नसकेर फ्रिज गरिदै सुनिएको भन्दै यो जुन विषय गम्भिर भएको उल्लेख गरिएको छ । गत वर्ष विनियोजन गरीएको वजेट समानुपातिक हिसावले प्रदेशका सवै मिडियालाई वितरण गरियोस भनी हामी सरकार समक्ष जोडदार माग समेत प्रकाशन प्रशारण समाजले गरेको छ । विज्ञापन वजार शुरुकै अवस्थामा नआउदा सम्म संचार माध्यमहरुका लागि घरभाडा विजुली देखि लिएर कार्यरत कर्मचारीहरुलाई मासिक तलव दिन नसक्ने अवस्था पनि सन्निकट आएको भन्दै यसमा यथासंभव प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने समेत माग गरिएको छ । ध्यानाकर्षण बुझ्दै प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसीले माग उपर यथासक्य संवोधन गरिने जानकारी गराएका थिए ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update