Shittalpati
स्थानीय तह पदाधिकारी सुविधा विधेयक प्रमाणीकरण

रुपन्देही । प्रदेश पाँचका प्रदेश प्रमुख धर्मनाथ यादवले विहिबार ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । सो विधेयक यही असार २२ गते प्रदेशसभाबाट पारित भएको थियो । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवले सो विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । –रासस

 

प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update