
पाल्पा । जिल्लामा थप १२ जना संक्रमितले कोरोना जितेका छन् । बुधबार मात्र माथागढी गाउँपालिकाका १, रैनादेवी छहरा गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका १, रिब्दीकोट गाउँपालिकाका ३, निस्दी गाउँपालिकाका २ र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत ठेगाना नखुलेको बाहिरी जिल्लाका १ जना गरी १२ जना संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । योसँगै कोरोना जितेर घर फर्किनेको संख्या जिल्लामा ५९ पुगेको छ । यस अघी रम्भा गाउँपालिकाका २५, रैनादेवी छहरा गाउँपालिका १४, माथागढी गाउँपालिकामा २, रिब्दीकोट गाउँपालिकामा १ जना, रामपुर नगरपालिकाका २ जना निस्दी गाउँपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको भएर घर फर्किसकेका छन् । उनीहरु जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका थिए ।
संक्रमितको संख्या ५ सय ४७
जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ४७ पुगेको छ । बुधबार विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बगनासकाली गाउँपालिका र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४७ पुगेको हो । बगनासकाली गाउँपालिकामा संक्रमितको संख्या ४२ पुगेको छ, भने रम्भा गाउँपालिकामा ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । यस अघी माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८,तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १४, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५, निस्दी गाउँपालिकामा ९५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।