Shittalpati
मिडियामा छुट्टाएको बजेट खोज्दै प्रकाशन प्रसारण समाज

बुटवल । प्रदेश सरकरले वर्षेनी मिडियाको लागि भनेर वजेट विनियोजन गरेको कुरा बजेट भाषणमा मात्र सुन्न पाईएइको छ तर कुन मिडियाले के कति मात्रामा बजेट पाए भन्ने विषयमा हाल सम्म पनि जानकारी हुन सकेको छैन । प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले भने यस विषयमा खोज्न थालेको छ । समाजले प्रदेश सरकारले मिडियामा विनियोजन गरेको बजेटका विषयमा प्रदेश ५ को अन्तरिक मामिला तथा कानून मन्त्रालयको ध्यानाकर्षण गराएको छ । समाजले अन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई उक्त विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो । संस्थाका अध्यक्ष नवराज कुँवर, महासचिव माधव नेपाल सहितको टोलीले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

कम्तिमा पनि प्रदेशको अस्थायी राजधानीमा वसेर मिडिया सञ्चालन गर्नेहरुलाई थाहा नहुनु दुखद पक्ष भएको भन्दै ध्यानाकर्षण पत्रमा मिडियाको नाममा विनियोजन गरिएको वजेट खर्च गर्न नसकेर फ्रिज भएको सुनिएको भन्दै जुन विषय गम्भिर भएको उल्लेख गरिएको छ । गत वर्ष विनियोजन गरिएको वजेट समानुपातिक हिसावले प्रदेशका सवै मिडियालाई वितरण गरियोस् भनी सरकार समक्ष जोडदार माग समेत प्रकाशन प्रशारण समाजले गरेको छ । विज्ञापन बजार शुरुकै अवस्थामा नआउदासम्म सञ्चार माध्यमहरुका लागि घरभाडा विजुलीदेखि लिएर कार्यरत कर्मचारीहरुलाई मासिक तलव दिन नसक्ने अवस्था आएको भन्दै यसमा यथासंभव प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने समेत माग गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री कुल बहादुर केसीले उक्त जायज माग यथासक्य संवोधन गरिने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update