नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
सोमबार, भदौ ८, २०७७

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
सोमबार, भदौ ८, २०७७
समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
सोमबार, भदौ ८, २०७७
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।

पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०७७
जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
आइतबार, भदौ ७, २०७७
कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।

तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
आइतबार, भदौ ७, २०७७
तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।

चार दिन अँध्यारोमा बास
आइतबार, भदौ ७, २०७७
विद्युत् आपूर्तिमा समस्या देखिएपछि यहाँका स्थानीय बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवामा विद्युत् मिटरबक्स र कालोतार जलेपछि यहाँका जनता रातमा चार दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका हुन् ।

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
शनिबार, भदौ ६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’
शनिबार, भदौ ६, २०७७
जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको...

नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि
शुक्रबार, भदौ ५, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।

पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
शुक्रबार, भदौ ५, २०७७
पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

अवैध गाँजा सहित पक्राउ
बुधबार, भदौ ३, २०७७
जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।