शुक्रबार मध्यरातदेखि भदौ १२ गतेसम्म पाल्पामा निषेधाज्ञा
बिहीबार, भदौ ४, २०७७

अवैध गाँजा सहित पक्राउ
बुधबार, भदौ ३, २०७७
जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण
बुधबार, भदौ ३, २०७७
नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।

एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु
मंगलबार, भदौ २, २०७७
नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो २४ घण्टामा थप अहिलेसम्मकै सबभन्दा बढी एक हजार १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मंगलबार एक हजार १६ नयाँ संक्रमित देखिएका हुन् ।

रामपुर नगरपालिका मंगलबार राति १२ बजेदेखि १० दिन बन्द
मंगलबार, भदौ २, २०७७
जिल्लाको रामपुर नगरपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि मंगलबार राति १२ बजेदेखि १० दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयपछि प्रशासन र सुरक्षा निकायसंग छलफल गरि भदौ २ गते (मंगलबार) राति १२ बजेदेखि १२ गते रातिसम्म १० दिन नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

जंगली च्याउ खाँदा दुईको मृत्यु
मंगलबार, भदौ २, २०७७
जंगलबाट ल्याएको च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको मृत्यु भएको हो ।

पोखरामा दुई कोरोना सङ्क्रमितको मृत्यु
मंगलबार, भदौ २, २०७७
पोखरामा उपचारका क्रममा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की र तनहुँका एकएक जना छन् । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०ः४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी र्दिए ।

एसइईको नतिजा सार्वजनिक
सोमबार, भदौ १, २०७७
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो ।
निषेधाज्ञा तोडेपछि हवाई फायर
सोमबार, भदौ १, २०७७
कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । चितवन, निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा तोडेपछि प्रहरीले हवाई फायर गरेको हो ।

आज थप पाँच सय ८१ मा कोरोना पुष्टि
सोमबार, भदौ १, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ८१ जना नयाँ संक्रमित देखिएका हुन् ।

तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन
सोमबार, भदौ १, २०७७
जिल्लाको तानसेनस्थित विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पाँच दिनअघि घरमा बसेकी तानसेन वडा ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो ।

चिकित्सकले कोरोना भएको थाहा पाएपछि ...
सोमबार, भदौ १, २०७७
नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दो रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ ।

त्रिविका काम घरबाट
सोमबार, भदौ १, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा बन्द गरेको छ । यसअघि कोभिड– १९ का कारणले गत चैत ११ गतेदेखि नै पढाइ र परीक्षा स्थगित गरेको त्रिविले पुनःसङ्क्रमण बढ्दै गएपछि केन्द्रीय कार्यालयसहित देशभरिका सबै क्याम्पसको नियमित सेवा आजदेखि भदौ १५ गतेसम्मका लागि बन्द गर्ने भएको हो ।