Shittalpati
आज थप पाँच सय ८१ मा कोरोना पुष्टि

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच सय ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच सय ८१ जना नयाँ संक्रमित देखिएका हुन् । थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आज थपिएका सहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ । यस्तै २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् ।

आज निको भएका सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ । त्यस्तैगरी मृतक १ सय ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा मृतक थप ३ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update