Shittalpati
बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण

पाल्पा । नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।


यसै अघि एकै दिनमा कोरोना संक्रमित हुनेको संख्या एक हजार १६ थियो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भएर १ सय २० डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७ सय पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update