Shittalpati
अवैध गाँजा सहित पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् । उनलाई प्रहरीले मंगलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।

८५ सुर्तीका प्याकेटमा प्याक गरी विक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अवस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार गुरुङलाई थुनामा राख्न बुधबार नै जिल्ला अदालतबाट सात दिनको समय थप गरी अनुसन्धान शुरु गरिएको छ । –रासस

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update