Shittalpati
तानसेन विशालबजार क्षेत्रका ३ सय ३५ जनाको स्वाब संकलन

पाल्पा । जिल्लाको तानसेनस्थित विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरिएको छ । पाँच दिनअघि घरमा बसेकी तानसेन वडा ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको हो । घरमै बसेकी महिलालाई कोरोना संक्रमण देखिएपछि प्रशासनले सिल गरेको क्षेत्रमा रहेका प्रत्येक घरबाट एक जनाको गरी ३ सय ३५ जनाको स्वाब संकलन गरी भैरहवा पठाइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

तानसेन नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झविन्द्र न्यौपानेका अनुसार आज विहान १० बजेदेखि संक्रमित महिला बसोबास गरेको क्षेत्र र लुम्बिनी मेडिकल कलेजका केही चिकित्सक सहित स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षण गरिएको हो । यस क्षेत्रमा एक घरबाट एकजना र स्थानीय व्यवसायीहरुलाइ समेत नमुनाको रुपमा लिएर स्वाव निकालिएको हो । स्वाव परीक्षाणका लागि भैरहवा पठाइएको र त्यसको नतिजा २/३ दिनभित्रमा आउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update