Shittalpati
पाल्पाका प्रहरी प्रमुख सहित ४९ जनाको सरुवा, को कहाँ पुगे ?  (सूचीसहित)

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका प्रहरी प्रमुख दीपकराज खरेलसहित ४९ जना प्रहरी प्रमुखको सरुवा भएको छ । एक सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । पाल्पाका प्रहरी प्रमुख खरेलको महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर काठमाडौंमा सूरुवा भएको छ । उनको ठाउँमा सन्तोष कुमार भट्टराई आउने भएका छन् । प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध महाशाखा काठमाडौंबाट भट्टराईलाई पाल्पा पठाउन लागेको हो । गुल्मीको प्रहरी प्रमुखमा प्रवीणलाल श्रेष्ठ आउने भएका छन् । प्रहरी प्रमुख राजेन्द्र सिं खड्को प्रदेश पाँच प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएपछि श्रेष्ठको गुल्मीमा दरबन्दी कायम गरिएको छ । त्यस्तै रुपन्देहीको प्रहरी प्रमुखको रुपमा प्रविण पोखरेल आउने भएका छन् । रुपन्देहीका हालका प्रहरी प्रमुख हेमकुमार थापा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेका ४९ जना एसपी मध्ये जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत नौजना एसपी रहेका छन् । कार्यालयका अनुसार रुपन्देहीमा प्रवीण पोखरेल, सर्लाहीमा सन्तोषसिंह राठौर, पूर्वी नवलपरासीमा प्रकाश मल्ल, नुवाकोटमा तुलबहादुर कार्की, गुल्मीमा प्रवीणलाल श्रेष्ठ, सिन्धुपाल्चोकमा राजन अधिकारी, सप्तरीमा राजेन्द्र धमला, पाल्पामा सन्तोष भट्टराई तथा स्याङ्जामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको हो । एक वर्षअवधि पुगेका एसपीहरूको नियमित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहिबार कार्यालयले सार्वजनिक गरेको सुचना अनुसार भदौ महिनादेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरूवा गरिएको हो ।

 

             को कहाँ पुगे ? (सूचीसहित)

 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update