Shittalpati
नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो

पाल्पा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेका हुन् । योसँगै मृतकको संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ५७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १ सय ७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार सोमबारसम्म पीसीआर विधिबाट ६१ हजार ४ सय ६९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार २ सय ३४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार २ सय ७५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १३ हजार ७ सय १५ जना रहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update