Shittalpati
बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु

बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।

रुपन्देहीका ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दा गर्दै मृत्यु भएको हो । दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । मृतक पुरुषको भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी साउन अन्तिम साता काम विशेषले बोडरमा गएको र त्यसपछि कोरोना संक्रमणको लक्षण देखिएको थियो । योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update