Shittalpati
पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’

पाल्पा । जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको पोजेटिभ आएको हो ।

तानसेन नगरपालिका १२ का एक जना पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी केही समय अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दे आएको बुझिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ३ सय २२ जना, रामपुर नगरपालिकाका ६८ जना, रैनादेवी छहरा गाउँपालिकाका ३० जना, बगनासकाली गाउँपालिकाका ५८ जना र तिनाउ गाउँपालिकाका १ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । तानसेनमा केही दिन अघि विशालबजार की ४० वर्षिया एक महिलामा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक्ट ट्रसिङ् गरिएको थियो । गत सोमबार विशालबजार क्षेत्रका प्रत्येक घरको एक जना गरी ३ सय ३५ जनाको स्वाब संकलन गरि काठमाडौं प्रयोगशालामा पाठाइएको थियो । जिल्लामा शुक्रबार थप एक जनामा सक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ६५ पुगेको छ । जसमध्ये ५ सय ६० जना कोरोना जितेर घर फर्किएका छन्, भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update