Shittalpati
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी
नेपाल शिक्षक संघद्वारा सेन माविलाई सेनिटाइजर सहित पानी टंकी नेपाल शिक्षक संघ पाल्पाले सेन माध्यमिक विद्यालयलाई सेनिटाइजर सहित पानी टंकी सहयोग गरेको छ । संघले विश्वभर फैलिएको कोरोना भाइरस कोभिडबाट बच्नका लागि विद्यालयलाई एक हजार लिटरको सेनिटाइजर सहित एक थान पानी टंकी सहयोग गरेको हो ।
‘संविधान सहमतिको दस्तावेज’
‘संविधान सहमतिको दस्तावेज’ मुख्यमन्त्री शंकर पोखरेलले संविधान कार्यान्वयन हुँदै जाँदा सबै पक्षबाट स्वीकार्य पूर्ण सहमतिको दस्तावेजको रुपमा स्थापित भएको बताएका छन् । संविधान दिवसको अवसरमा शनिबार दिएको शुभकामना सन्देशमा उनले संविधान कार्यान्वयन गर्दै नागरिकको विकास र समृद्धिप्रतिको आकांक्षा पूरा गर्न दृढ संकल्पित रहेको बताएका छन् ।
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना
पाल्पामा दुई जना नर्स सहित पाँच जनामा कोरोना जिल्लामा थप दुई नर्स सहित पाँच जनामा कोरोना पुष्टि भएको छ । शनिबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्स सहित पाँच जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।
भर्चुअल माध्यमबाट विद्यालय संवाद
भर्चुअल माध्यमबाट विद्यालय संवाद कोरोना माहमारीका बिच भर्चुअल माध्यमबाट तानसेनमा विद्यालय संवाद कार्यक्रम भएको छ । दमकडा माध्यमिक विद्यालय तानसेनले स्थापनाको ६४ औं वार्षिकोत्सवको अवसरमा भर्चुअल साँझा संवाद कार्यक्रम आयोजना गरेको हो ।
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु
पाल्पामा ४२ वर्षीया थप कोरोना संक्रमित महिलाको मृत्यु जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति मृत्यु हो ।
संविधानको उपहास, जनतामा निरासै–निरास
संविधानको उपहास, जनतामा निरासै–निरास संविधान सभाबाट निर्मित वर्तमान संविधानले पाँच वर्ष पूरा गरेको छ । पाँच वर्षअघि आजकै दिन नेपालको संविधान निर्माण भएको थियो । सात दशक अघिदेखि जनताले लामो प्रतिक्षा र पटक–पटकको संघर्षपछि प्राप्त गरेको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरेका थिए ।
‘भारतसँग छिट्टै वार्ता हुन्छ’
‘भारतसँग छिट्टै वार्ता हुन्छ’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताए ।
नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त
नेपालमा थप आठ सय ७१ जना कोरोना मुक्त नेपालमा पछिल्लो २४ घण्टामा थप आठ सय ७१ जना कोरोना मुक्त भएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार ८ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको बताएका हुन् ।
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको...
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका
पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै ।
स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै
स्क्रब टाइफस र डेंगुको संक्रमण बढ्दै रोना भाइरस सङ्क्रमणको त्राससँगै म्याग्दीमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण फैलँदै गएको छ । जिल्लामा हालसम्म ३८ जनामा स्क्रब टाइफस र ७४ जनामा डेंगुको सङ्क्रमण देखिएको हो  ।
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन जिल्लामा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड–१९ परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
Weather Update